तक्षशिला एकेडेमिमा अभिमुखिकरण सम्पन्न

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १३:५८
 

कोहलपुर (बाँके) : कोहलपुरमा रहेको तक्षशिला एकेडेमिमा एसईई सकेर कक्षा ११ मा भर्ना हुन आउने बिद्यार्थीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरणमा खोजमुलक शिक्षालाई प्राथामिकता दिईने बताईएको छ ।

बिद्यालयमा हुने शैक्षिक गतिबिधी तथा कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीका लागि बिद्यालयमा पढाई हुने बिषयको बारेमा बिद्यालयका प्रिन्सिपल मुकुन्द्र बिक्रम शाहले जानकारी गराउँदै अत्याधुनिक ल्याबको समेत ब्यबस्था रहेको जानकारी गराएका थिए ।

गुणस्तरीय शिक्षा दिनु आफनो पहिलो प्राथामिकता रहेको भन्दै शाहले होस्टेलमा बसेर अध्यन गर्न चाहने बिद्यार्थीकालागि पारीवारीक वातावरण समेत रहेको प्रष्ट पारे ।


बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बेल्वासेले बिद्यालयको समग्र ब्यबस्थापनमा कुनै कमि नहुने भन्दै बिद्यालयको शैक्षिक गतिबिधि चलायमान गराउनसमेत आफनो निरन्तर बिद्यालयमा उपस्थित भएर कार्य गरिरहेको बताए । उनले बिद्यार्थीहरुलाई पढाईबाहेक ब्यबहासरक, सिर्जनात्मक, खोजमुलक शिक्षा, प्रयोगात्मक शिक्षा दिन बिद्यालय निरन्तर लागि परेको चर्चा गरे ।

बेल्वासेले खेलकुदका लागि प्रयाप्त मैदान, स्विईमिङ पुल र मनोरञ्जनयुक्त वाताबरण रहेको यस तक्षशिलामा बौद्धिक एबं ब्यबसायिक ब्यक्तित्वहरुको लगानि, स्तरीय पढाई र बाताबरण अनुकुल शैक्षिक आगन भएको बताए ।

परम्परागत शिक्षण सिकाइभन्दा माथि उठेर सुविधा सम्पन्न पूर्वाधार र व्यवहारिक शिक्षालाई महत्व दिने ध्ययका साथ २०७३ सालमा कोहलपुर १० बिद्यानगरमा स्थापना भएको तक्षशिला एकेडमीले २०७७ सालदेखि ‘प्लसटु’ का कार्यक्रम सञ्चालन गर्दै आएको छ भने हाल होटल म्यानेजमेन्ट र कम्प्युटर साईन्सका बिषयमा पढाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरस्थित खाल्डोमा एक बृद्ध मृत फेला

५ श्रावण २०८०, शुक्रबार १३:५८
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १ स्थित बसपार्क नजिक खाल्डोमा एक बृद्ध मृत अबस्थामा फेला परेका छन् । घोप्टो अबस्थामा फेला परेको बृद्धको पहिचान हुन सकेको छैन । कालो टिसर्ट र प्रहरीको पोषाक जस्तो देखिने हाफ पाईन्ट लगाएका उनको पहिचान हुन नसकेको हो । घटनास्थलबाट बृद्धलाई उपचारका लागि […]