बाँकेमा थप २ सय बेड आईशोलेशन तयार गरिदै

५ जेष्ठ २०७७, सोमबार १२:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँकेमा लक्षण नदेखिएका कोबिड–१९ नोबल कोरोना भाईरसका संक्रमितलाई राख्नको लागि थप २ सय बेड आइसोलेशन सेन्टर स्थापना गर्ने तयारी भएको छ ।

पाँच नंम्बर प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख सहितको जिल्ला स्तरीय कोबिड क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले सो निर्णय गरेको हो ।

बाँकेमा लक्षण नदेखिएका कोबिड संक्रमितको संख्या बृद्धि हुँदै गएपछि उनीहरुलाई राख्नको लागि प्रयोग गर्न सकिने स्थानको पहिचान गर्नको लागि भेरी अस्पताल, स्थानीय तह र स्थानीय प्रशासनको प्रतिनिधि समेत रहेको टोली गठन गरी सम्भावित स्थानको पहिचान गर्ने भएको छ ।

ती आईसोलेशन सेन्टरका लागि आवश्यक पर्ने लजिस्टिक व्यवस्थापन संबन्धित स्थानीय तहको र उपचार व्यवस्थापनको लागि भेरी अस्पतालको हुने छ । यसैगरी स्थानीय तहले निर्माण गरेको क्वारेन्टाईनलाई व्यवस्थित गरी झुल लगायतको अत्यावश्यक सामानको व्यवस्थापन गर्ने रहेको छ ।

सोही बैठकले कोबिड–१९ को संक्रमण देखिएको नेपालगञ्ज–८ जोलहनपुर्वामा सबैले कोरोना परिक्षण गराएको सुनिश्चित भएमा गरिएको शिल खुकुलो पार्दै लैजाने निर्णय भएको छ ।

Next Post

इदको समयमा साउदीमा कर्फ्यु

५ जेष्ठ २०७७, सोमबार १२:२६
सदरलाइनडटकम, काठमाण्डौ : इस्लाम धर्मावलम्वीको महान पर्व इदको समयमा साउदी अरबमा कर्फ्यु लाग्ने भएको छ । साउदीको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना नियन्त्रण गर्ने उद्देश्यले मे २३ देखि २७ सम्म कर्फ्यु लागु गर्ने निर्णय गरेको हो । कर्फ्यु उल्लङ्घन गर्नेलाई जरिवाना समेत तोकिएको साउदीमा रहेको नेपाली […]