नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२२ स्थित राम जानकी मन्दिर (बाबाकुट्टी) मा महाआरती कार्यक्रम हुने भएको छ ।
मन्दिरमा आजदेखि प्रत्येक मंगलबार श्री हनुमान चालिसा पाठ तथा महाअरातीको कार्यक्रम शुरु हुन लागेको हो ।
पश्चिममा प्रसिद्ध नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार महाआरतीको कार्यक्रम सञ्चालन भइरहेको छ ।
यससँगै जिल्लाको दोस्रो स्थानका रुपमा पुरैनीस्थित राम जानकी मन्दिरमा श्री हनुमान चालिसा पाठ एंव महाआरती कार्यक्रम शुरु गर्न थालिएको स्थानीय युवा आर्यन नाउँले जानकारी दिए ।
यस पबित्र कार्यलाई सफल बनाउन स्थानीय युवाहरुले आग्रह गरेका छन् । प्रत्येक मंंगलबार साँझ ७ बजे हुने यस कार्यमा बढिभन्दा बढि सहभागि हुन पनि आह्वान गरिएको छ ।
महाआरती कार्यक्रमको नेतृत्व स्थानीय युवा अमित बर्मा, बिनय नाउँ, आर्यन नाउँ, मनोज काँदु र सन्तोष पासी लगायतले गरेका छन् ।