प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भोलीबाट

१८ जेष्ठ २०७५, शुक्रबार १७:३७
 

सदरलाइनडटकम
१८ जेठ, नेपालगन्ज :  प्रदेश नम्बर ५ को दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिवारदेखि नेपालगन्जमा सुरु हुने भएको छ । संघीय संरचनामा गएपछि पहिलोपटक प्रतियोगिता आयोजना
हुँदैछ ।
शनिबार एक समारोहका बीच यूवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले प्रतियोगिताको उद्घाटन गर्दै छन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले प्रदेशस्तरमा पहिलो पटक प्रतियोगिता हुन लागेको बताए । उनका अनुसार नीतिगतरुपमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति भए पनि काम भने प्रदेश अनुसार भइरहेको छ ।
शनिबारबाट सुरु हुने प्रतियोगितामा बर्दियादेखि पश्चिम नवलपरासी र अर्खाखांचीदेखि पूर्वी रुकुमसम्मका ७२ खेलाडीको सहभागिता हुने छ । प्रतियोगिता दुई दिनसम्म चल्ने छ । अध्यक्ष ओलीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल पार्नका लागि नै प्रतियोगिताहरु भइरहेको बताए ।

Next Post

पूर्वपश्चिम राजमार्गको चोरखोला नजिक पहिरोजाँदा ८ घण्टा बाटो अवरुद्ध (फोटो फीचर)

१८ जेष्ठ २०७५, शुक्रबार १७:३७
सदरलाइनडटकम १८ जेठ, कपिलबस्तु  : पूर्व–पश्चिम राजमार्गको धानखोला भन्दा ४ किलोमिटर पूर्व चोरखोला नजिक शिवराज नगरपालिका वडा नं. १ कपिलबस्तुमा शुक्रबार बिहान आएको भिषण वर्षातपछि पहिरो आउदा सो सडक करिव ८ घण्टा जाम भएको थियो । वर्षातको पानीसंगै आएको पहिरोको कारण पुर्व–पश्चिम राजमार्गको सो सडक खण्डभएर चल्ने सवारी साधनहरु दुबैतिर […]