जमुनाहा नाकामा स्थायी हेल्थडेस्क स्थापना हुने

सदरलाइन संवाददाता २९ मंसिर २०७७, सोमबार १६:३८
 

नेपालगञ्ज : नेपालगञ्जस्थित जमुनाहा नाकामा स्थायीरुपमा हेल्थडेस्क स्थापना हुने भएको छ । ५० लाखको लागतमा नाकामा स्थायी संरचना निर्माण गर्न लागिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दीसमेत स्वीकृत गरिसकेको छ ।

कोभिड–१९ लगायत अन्य संक्रमक रोगको नियन्त्रणका लागि नाकामा चिकित्सकसहित स्वास्थ्यकर्मी परिचालन गरिने छ । हेल्थडेस्कमा प्रयोगशालासमेत रहने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दसहितको टोलीले हेल्थडेस्क निर्माण गरिने स्थानको सोमवार स्थलगत अनुगमन गरि जानकारी लिएको छ ।


स्वास्थ्य शाखा प्रमुख चन्दले स्थायी संरचना तयार नहुेञ्जलसम्म स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाको सुविधा सम्पन्न अस्थायी संरचना तथा अन्य प्राविधिक सहयोगमा हेल्थ डेस्कको काम शुरु गर्न लागिएको जानकारी दिए । स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक अधिकृत सावित्री भट्टले उपमहानगरपालिकासँग समनवय गरी काम गर्न लागिएको बताउनुभयो ।

उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहितको टोलीले सोमवारनै वडा नम्बर ४ मा रहेको शहरी स्वास्थ्य क्लिनिक र निर्माणाधिन स्वास्थ्य केन्द्र भवनको स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत खड्काले स्वास्थ्य संस्थामा औषधीको प्रर्याप्तता लगायतका विषयमा स्वास्थ्यकर्मीसँग जानकारी लिएका थिए ।

Next Post

२३ शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

२९ मंसिर २०७७, सोमबार १६:३८
सुर्खेत : सुर्खेत र सल्यानका २३ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू कार्यरत ३ वटा विद्यालयमा पठनपाठन बन्द गरिएको छ । सुर्खेतका २ विद्यालयका १५ जना र सल्यानको १ विद्यालयका ८ जनामा संक्रमण पुष्टि भएको हो । सुर्खेतको पञ्चपुरी नगरपालिकाको पलैंटेस्थित सूर्यप्रकाश माविका ११ जना र बाबियाचौरस्थित विद्याज्योति माविका […]