बाँकेमा कुटपिटबाट महिलाको हत्या

२५ असार २०७६, बुधबार १९:३७
 

सदरलाइनडटकम,
नेपालगन्ज  : बाँकेको नेपालगन्जमा एक महिलाको कुटपिटबाट हत्या भएको छ । नेपालगन्ज उप–महानगर वडा नं. २ घरबारीटोलकी ३६ वर्षिया ललिताकुमरी लोधको हत्या भएको हो ।
मृतकका छोरा अमन लोधले दिएको जानकारी अनुसार मृतक ललिताका श्रीमान शिवकुमार लोधले कुटपिट गरी हत्या गरेका हुन । विद्यालय गएका छोराले घरमा आमालाई नदेखेपछि सोध खोज गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।
सधैजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा कुटेर हत्या गरी शव घरमा रहेको ड्रममा राखेको अवस्थामा फेला पारी उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्याईदा चिकित्सकले केही घण्टा अघि नैै मृत्यु भएको बताएका थिए ।
यसैबीच जिल्ला पहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बिरबहादुर वलीले घटनाको जानकारी करिब छ बजेतिर आएको र मृतकका श्रीमान शिवकुमारसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको बताए । मृतक ललिताको अनुहार, टाउको , र शरिरमा चोट लागेको छ ।

Next Post

बिओपी कालाबञ्जरमा तीन हजार बृक्षारोपण

२५ असार २०७६, बुधबार १९:३७
सदरलाइनडटकम, डुडुवा (बाँके) : सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट कालाबञ्जर बाँकेमा बिहीवार बृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक र प्राबिधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित सशस्त्रको बीओपीमा बृक्षारोपण गरिएको बीओपी कालाबञ्जरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिंहले जानकारी दिए । कार्यालयले प्रदान गरेको बकाइनो, […]