लागू औषध प्रयोगकर्तालाई रोगीको व्यवहार गर्न माग

सदरलाइन संवाददाता २८ जेष्ठ २०८०, आईतवार १९:३९
 

नेपालगञ्ज :  लागू औषध प्रयोगकर्तालाई अपराधी भन्दा पनि रोगीको हैसियतमा उपचार गर्न सके उनीहरु दुवर््यसन मुक्त भई समाजमा पुनस्थापना हुन सक्ने सरोकारवाला निकायले सुझाव दिएका छन् ।

लागू औषध प्रयोगकर्ता अपराधी नभई विरामी भएको र उनीहरुको समयमै उपचार हुनसके दुव्र्यसनको दलदलबाट मुक्त हुन सक्ने नेपालगञ्जमा आयोजित कार्यक्रमका सहभागिले औल्याएका हुन ।

लागू औषध दुव्र्यसनको बिरुद्ध कार्यरत १६६ संस्थाहरुको छाता संगठन रिकभरी नेपालले सेभद चिल्ड्रेनको सहयोगमा आयोजित कार्यक्रममा रिकभरी नेपाल लुम्बिनी प्रदेशका फोकल पर्शन प्रविन विसीले लागू औषध दुव्र्यसनको जालो तीब्र गतिमा फैलदो अवस्थामा रहेको बताए ।


उनले लागू औषध प्रयोगकर्तालाई रोगीको रुपमा उपचार गर्नु भन्दा पनि उनीहरुलाई अपराधीको रुपमा उभ्याईने भएकोले समाजमा पुनस्थापना हुन कठिन भएको बताउदै लागू औषध दुव्यसनीको राज्यले निशुल्क हेपाटाईटिस सि को जाँच र उपचार गर्न माग गरे ।

बाँकेमा लागू औषध प्रयोगकर्ताको पुनस्थापनाका क्षेत्रमा क्रियाशिल चेन्ज टिमको नेतृत्व गर्दै आएकी ईन्द्रा जिसी रावलले बाँकेमा लागू औषध पुनस्थापना केन्द्रमात्र २२ वटा रहेको जानकारी दिदै लागू औषध दुव्र्यसन छुटाउन प्रयोगमा ल्याईएको मेथाडन पद्दती गृह मन्त्रालयको ऐन नियम दुव्र्यसनी मैत्री नहुँदा ड्रपआउट हुने अधिक रहेको बताईन । मेथाडन लागू औषध दुव्र्यसनमा फसेकाले चिकीत्सकको प्रत्यक्ष अस्पताल पुगेर हरेक दिन औषधि खानु पर्ने बिधी हो ।

लागू औषध प्रयोगकर्ताको यकिन तथ्याङ्क हाल नभए पनि लुम्बिनी प्रदेशमा मात्र २५ हजार ६ सय २५ कडा खालको लागू औषध प्रयोगकर्ता भएको, यी मध्ये १ हजार १८ महिला रहेका छन् । बाँकेमा मात्र करिव २ हजार ९३ जना कडाखालको लागू औषध प्रयोगकर्ता रहेका छन् । बाँकेका स्थानीय तहले लागू औषध मुक्त पालिका निर्माणको लागि समयमै ठोस पहल गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्युठानको भ्याकुतेमा भएको सवारी दुर्घटनामा परेर ८ को मृत्यु

२८ जेष्ठ २०८०, आईतवार १९:३९
प्युठान :  प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्कने बेलामा स्वर्गद्वारी–४ को भ्यागुतेमा आइतबार दिउसो भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा लु १ च ६३४५ नं.को कार अंदाजी साढे ३ बजे अनियन्त्रीत भई करिव ३० मिटर सडक भन्दा तल खसेर भएको सो सवारी […]