प्रहरी हिरासतमै झुण्डेर आत्महत्या

२९ बैशाख २०७४, शुक्रबार ०९:४३
 

सदरलाइनडटकम
२९ बैशाख, प्यूठान : ईलाका प्रहरी कार्यालय भिगृको हिराशत कक्षमा रहेका थुनुवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । स्वर्गद्वारी नगरपालिका–५ उपल्लो सारीका भुपेन्द्र गिरीले ओड्ने–ओछ्याउने कपडाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतिलाई कुटपिट गरेको भन्दै उजुरी परेपछि बिहिवार २९ वर्षिय गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हिरासतसँगै रहेको शौचालयमा उनले मध्यराति करिव २ बजे आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठान प्रहरीका प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।
शौचालय गर्न गएका उनी केहि समय ढिलो गरेपछि हेर्दा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए । सिलिंगमा रहेको फलामको डण्डीमा कम्मल र तन्नाको डोरी बनाइ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खलंगाबाट प्रहरी नायव उपरिक्षक राठौर विहानै भिंगृ पुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचन सुरक्षाका लागि सीमामा संयुक्त गस्ती

२९ बैशाख २०७४, शुक्रबार ०९:४३
सदरलाइनडटकम    २९ बैशाख, नेपालगन्ज : नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै बाँकेको सीमामा सुरक्षा सतर्कता बढाइएको छ । नेपाली सुरक्षा निकाय मात्र नभई भारतीय सुरक्षा निकायसमेतले सीमामा निगरानी बढाएको छ । बाँकेको बिभिन्न स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै सीमामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती सुरु […]

सम्बन्धित