सदरलाइनडटकम,
काठमाण्डौ : महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको थुनामा रहेका तीनजना भागेका छन् । उनीहरु सोमवार राति शौचालयको ग्रील तोडेर भागेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
डकैती गरेको अभियोगमा पक्राउ परेका दुई जना र लागू औषध कारोबारमा पक्राउ परेका एकजना भागेका ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)