एनटिभि कोहलपुरबाट समाचार प्रशारण सुरु गरिदै

३१ असार २०७७, बुधबार १९:४३
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका सचिनले नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रलाई प्रादेशिक च्यानलका रुपमा रुपान्तरण गरिएको बताएका छन् ।

बुधबार कोहलपुर प्रसारण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महाप्रबन्धक रोकाले नेपाल टेलिभिजन व्यवस्थापनले एनटिभि कोहलपुर च्यानललाई पुर्ण क्षमतामा सन्चालन गर्ने तयारी अनुरुप काम थालेको जानकारी दिए ।

उनले भने–‘यस क्षेत्रको ठुलो सम्भावना बोकेको एनटिभि कोहलपुर प्रसारण केन्द्रलाई सबैको अपनत्व हुने गरी सार्वजनिक सन्चार माध्यमका रुपमा लैजाने तयारी गरि रहेका छौ ।’ यस अघि विभिन्न समाचारमुलक कार्यक्रम उत्पादन गर्दै आएको सो प्रशारण केन्द्रले बिहीबारदेखि समाचार समेत सुरु गर्ने भएको उनले बताए ।

उनले नेपाल टेलिभिजन व्यवस्थापनले एनटिभि कोहलपुरको लागि आवश्यक नियम विनियम पुरा गरेर जनशक्ति पूर्ती गरिएको प्रसंग कोट्टेयाउदै भने–‘भवन र आवश्यक सामान मात्रले टेलिभिजन चल्दैन विषम परिस्थितिका बीचमा हामीले केही जनशक्तिबाट काम लिने गरी थप गरेका हौ ।’ उनले एनटिभि कोहलपुरलाई सबैको च्यानल बनाउनको लागि हातेमालो गर्न आग्रह समेत गरे ।


नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्र प्रमुख निराजन खनालले साउन १ गते अर्थात भोलिबाट समाचार प्रसारण सुरु गर्ने गरी तयारी गरिएको जानकारी दिए । उनले भने–‘ साउन १ गतेदेखि नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट दिउँसो ३ र ५ तथा साँझ ७ बजे गरि दिनमा ३ पटक समाचार बुलेटिन सुरु गरिने छ ।’

उनले एनटिभि कोहलपुरबाट स्थानीय भाषा तथा संस्कृतिको विकास गर्नको लागि विभिन्न भाषाभाषिका कार्यक्रमदेखि स्वास्थ, शिक्षा, कृषि, उद्दम, बाल कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रमहरु प्राथाकिमताको आधारमा क्रमश सुरु गरिने केन्द्र प्रमुख खनालले उल्लेख गरे ।

साथै उनले नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट उत्पादित सबै समाचार तथा सुचनामुलक कार्यक्रमहरु डिजिटल प्लेटर्फम फेशबुक, युट्युव, तथा मोबाईल एप्सबाट हेर्न सकिने व्यवस्था मिलाईएको केन्द्र प्रमुख खनालले जानकारी दिए ।

एनटिभि कोहलपुर प्रशारण केन्द्रले समाचार तथा अन्य कार्यक्रम सञ्चालनको लागि नयाँ आर्थिक वर्षदेखि नया जनशक्ति थप गरी सकेको छ ।

Next Post

प्लानद्वारा बाँके युनेस्को मार्फत कोहलपुर होल्डिङ्ग सेन्टरलाई स्वास्थ्य सामाग्री

३१ असार २०७७, बुधबार १९:४३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोबिड–१९ नोबल कोरोना भईरसको संक्रमणबाट जोपगन आव्हान गरीएको लकडाउनको बेलामा तेस्रो मुलुकबाट आउनेलाई लक्षित गरी कोहलपुर चौराहमा स्थापना गरिएको होल्डिङ्ग सेन्टरलाई विभिन्न स्वास्थ्य उपकरण हस्तान्त्रण गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवद्वारा सो होल्डिङ्ग सेन्टर सञ्चालनको लागि आवश्यक पर्ने विभिन्न सामाग्री सहित […]