सदरलाइनडटकम,
काठमाण्डौ : वीरगञ्जको एक मस्जिदमा लुकेका तीन भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्यको खोजी थालिएको छ । वीरगञ्ज महानगरपालिका २, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा लुकेका २१ मध्ये तीनमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार त्यस मस्जिदमा लुकेर शंकास्पदरुपमा बसेका २१ जनाको परीक्षण गर्दा तीनजना भारतीयमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित पुष्टि भएका ३७, ५५ र ४४ वर्षका तीनै पुरुष भारतीय हुन् ।
तीनजनामा कोरोना पुष्टि भएपछि उनीहरु नजिक आएका अन्यको खोजी थालिएको छ । उनीहरु घुमेको स्थानसमेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
