नेपालगञ्जमा पूर्व राष्ट्रिय खेलाडी सम्मानित

सदरलाइन संवाददाता २५ असार २०८०, सोमबार १४:०४
 

नेपालगञ्ज : नेपालको प्रतिनीधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ ले निर्माण गरेको धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको उदघाटनका अवसरमा धम्बोझीका स्थायी बासिन्दाले पूर्व खेलाडीहरुको सम्मान गरेको हो ।

भलिबलका राजुराज शाही, कबड्डीका शाबन्ती सिंह, सुटिङका रमेश मल्ल र अशोककुमार पुन मगर, किक वक्सिङका राजु थापामगर, फुटबलका लक्ष्मी गुरुङ र लक्ष्मण थापामगर सम्मानित भएका छन् । पूर्व राष्ट्रिय खेलाडीहरुको सम्मान गर्दै पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले यस सम्मानले नयाँ खेलाडीलाई पनि प्रोत्साहन हुने बताए ।


नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले एक करोड १५ लाखको लागतमा ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको जानकारी दिए । वडा अध्यक्ष रिजालले भने, “नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरि स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको छ ।” उनले प्रशिक्षण केन्द्रमा विद्यार्थी र नयाँ खेलाडीलाई उपयुक्त हुने बताए ।

यसैबीच वडा कार्यालयको आयोजनामा नवनिर्मित ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा भेट्रान प्रतियोगिता शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लम्पी स्किन रोगबाट दाङमा ४७७ गाई–गोरु मरे

२५ असार २०८०, सोमबार १४:०४
दाङ : दाङमा लम्पी स्किन रोगका कारण चार सय ७७ गाई–गोरु मरेका छन् । जिल्लाभर २२ हजार छ सय ९५ गाईगोरु र भैंसी लम्पी स्किन रोगबाट बिरामी परेका छन् । दाङका १० वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको छ । संक्रमण केही मत्थर भएपनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको स्थानीय तहका पशु […]