नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पैदल गस्ती सुरु

सदरलाइन संवाददाता २१ चैत्र २०८०, बुधबार १८:३५
 

नेपालगञ्ज : बाँकेमा भारतसंग सिमा जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । सिमा क्षेत्रको निगरानी तथा सीमा क्षेत्रबाट हुनसक्ने चोरी पैठारी, तथा अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले पैदल गस्ती सुरु गरिएको हो ।

बुधबार बिहान सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्धावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अभिकुमार खत्रीले सीमा क्षेत्रको पैदल गस्ती टिमका कमाण्डरलाई मोबाईल फोन हस्तन्त्रण गरी पैदल गस्तीको शुभारम्भ गरेका हुन ।

सो अवसरमा उनले सीमा क्षेत्रमा हुने पैदल गस्तीले दुबै देशका नागरिकले सुरक्षाको प्रत्याभुँती अनुभव गर्ने र सीमा क्षेत्रबाट हुनसक्ने अवञ्छित गतिविधि रोकिनेमा आफु विश्वस्थ रहेको बताए ।

नेपाल भारतको सीमा क्षेत्रको जमुनाहको सीमा जंगेपिल्लर नं. ६५१/११ (३१) बाट पैदल सिमा गस्ती सुरु गरिएको हो ।


सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दुबै मुलुकका नागरिकले सुरक्षाको अनुभुती गर्ने गरी काम गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी वल, नेपाल जवान तालिम शिक्षालय नौवस्ता बाँकेका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रविन कँडेल, भारतीय सशस्त्र सिमा सुरक्षा बल ४२ औ बटालियनका गंगासिंह उरावतलगायत नेपाली तथा भारतीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

बाँकेमा भारतसंग जोडिएको सिमा क्षेत्रमा जंगेपिल्लर ३२ वटा सहायक पिल्लर २ सय ७९ वटा गरी ३ सय ११ वटा रहेका छन् । यी मध्ये ५ पिल्लर नदी/ खोलाले बगाएर हराएको, १ मर्मत गर्नुपर्ने र यसैगरी सहायक पिल्लर ७ मर्मत गर्नुपर्ने, ६ पुन निर्माण गर्नुपर्ने, ७ नदी खोलाले बगाएको र ४ वटा हराएको अवस्थामा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियसभा उपाध्यक्षमा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने

२१ चैत्र २०८०, बुधबार १८:३५
काठमाडौं : आगामी चैत्र २८ गते हुने राष्ट्रियसभा उपाध्यक्षका लागि नेकपा एमालेले राष्ट्रियसभा सदस्य विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभामा एमालेका नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनमा हामीले पाउने सहमति भइसकेको थियो’, उनले भने, ‘त्यस अनुसार हामीले उम्मेदवार टुंगो लगाएका […]