इण्डोनेशियामा सुनामी जाँदा ६२ जनाको मृत्यु

८ पुष २०७५, आईतवार १४:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : इण्डोनेसियामा शनिवार राती गएको सुनामीमा ६२ जनाको मृत्यु भएको छ भने ५ सय ८४ जना घाइते भएका छन् । सुनामी इण्डोनेशियाको समुन्द्री किनार छेउमा रहेको सुन्दा स्ट्रेट(पानीको साँघुरो भाग) मा आएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।
इण्डोनेशियाको विपद् व्यवस्थापन एजेन्सीले बताएअनुसार सुनामीका कारण सयौं घर तहसनहस भएका छन् । क्रकाटोवा ज्वालामुखी विस्फोटपछि समुन्द्र भित्र गएको पहिरोको कारण सुनामी आएको हुनसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् ।



सुनामी गएको ठाउँ जाभा र सुमात्रा टापुको बीचमा पर्छ । यसले जाभा सागरलाई हिन्द महासागरसँग जोडेको छ । विपद् व्यवस्थापन एजेन्सीले बताएअनुसार त्यहाँको स्थानीय समयअनुसार शनिवार राति साढे ९ बजे सुनामी गएको थियो । सुनामीका कारण सबैभन्दा बढी पाण्डेग्लाङ, दक्षिणी ल्याम्पुङ र सेराङ क्षेत्रका मानिसको मृत्यु भएको छ ।
(एजेन्सीको सहयोगमा)

Next Post

राम्री दुर्घटना छानबिन गर्न समिति गठन

८ पुष २०७५, आईतवार १४:५०
सदरलाइनडटकम, दाङ : दाङको राम्री बस दुर्घटनाको बिषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं. ५ दाङका बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । जसको सदस्यहरुमा प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी […]