लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुखमा खाँड निर्वाचित

सदरलाइन संवाददाता ३ माघ २०७९, मंगलवार १७:२६
 

दाङ : लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्वाचित भएका हुन् ।


मंगलवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एकएक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दादुराबाट १९ वडा प्रभावित, २०९ जना संक्रमित

३ माघ २०७९, मंगलवार १७:२६
नेपालगञ्ज : बाँकेमा दादुराबाट १९ वटा वडा प्रभावित भएका छन् । पुस १२ गतेदेखि देखिएको दादुराबाट हालसम्म २०९ जना संक्रमित भएका छन् । १५ वटा वडा प्रभावित भएको नेपालगञ्जमा १९१, एउटा वडा मात्र प्रभावित भएको नरैनापुरमा १३ जना, २ वटा वडा प्रभावित भएको कोहलपुरमा २ जना र एउटा मात्र वडा […]