आगोमा जलेर गम्भीर घाइते भएकी कुमालको मृत्यु

सदरलाइन संवाददाता २ पुष २०७९, शनिबार १३:३५
 

नेपालगञ्ज : दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षिय बसन्ती कुमालको मृत्यु भएको छ ।

कुमालको बाँकेको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक पुष्पराज मल्लले जानकारी दिए ।


डिएसपी मल्लका अनुसार शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तल्तिरको अधिकांस भाग जलेको थियो । घाईते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका ट्रक व्यवसायीहरू आन्दोलित

२ पुष २०७९, शनिबार १३:३५
नेपालगञ्ज : लुम्बिनी प्रदेशका ट्रक व्यवसायी आन्दोलित भएका छन् । नेपालमा मालसामान ओसारपसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपूर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको भन्दै आन्दोलित भएका हुन् । लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, वाणगङ्गा यातायात व्यवसायी समिति, राप्ति […]