अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

सदरलाइन संवाददाता १६ असार २०८०, शनिबार १३:३८
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले भूमि आयोगसँगको समन्वयमा नगरभित्रका वडाहरुका अव्यवस्थित जग्गा नापजाँच कार्य सुचारु गरेको छ । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरेर जग्गा नापजाँच शुरु गरिएको हो ।

नगरपालिकाका अनुसार अहिले कोहलपुर नगरपालिका वडा नम्बर ५ र ८,५ मा नापजाँच सुरु भएको छ भने २, १० र १२ मा नापजाँच सकिएको छ । कोहलपुर नगरपालिका राष्ट्रिय भूमि आयोग संकलन ईकाइ प्रमुख वीरबहादुर विकले वडा नम्बर ८ मा नगर प्रमुख उपप्रमुखसहितको उपस्थितिमा हिजोबाट जग्गा नापजाँच शुरु भएको बताए ।

उनले अहिलेसम्म तीनवटा वडामा नापजाँच सकिएको छ । चालु आर्थिक वर्षमा सक्ने लक्ष्य थियो तर लक्ष्य पूरा भएन । अर्को आर्थिक वर्षमा जग्गा नापजाँच सम्पन्न हुने र त्यस लगत्तै वडा नम्बर ३, ४ र ६ मा नापजाँच सुरु हुने बताए । त्यसपछि क्रमशः बाँकी वडाहरुमा आयोगले जग्गा नापचाँजको काम सुरु गर्नेछ ।

कोहलपुरमा १६ हजार पाँच सयजना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुको फाराम संकलन गरिएको र्ईकाइ कार्यालयले जनाएको छ ।


उनले विभिन्न वडामा वन तथा राष्ट्रिय निकुञ्जको अवरोध र कानुनी अड्चनका लागि समस्या देखिएको समाधानको पहल भइरहेको र स्थानीय सरकार र यहाँका राजनीतिक दलहरु एकजुट हुँदै यहाँको समस्या प्रधानमन्त्री तहसम्म सुनाएको बताए ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य नगरपालिका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरणका लागि दिनरात प्रयासरत भएको बताउँछन् ।

उनले लालपुर्जा वितरणका लागि सबै सरोकारवाला निकायहरुबीच एकमत भएको भन्दै छिट्टै लालपुर्जा वितरण गर्नेगरी नगरपालिकाले काम गरिरहेको बताएका छन् । बर्षौदेखी अव्यवस्थित जग्गामा बस्दै आएका स्थानिय जग्गा नापजाँच हुदा पनि निकै खुसी भएको हुदा स्थानियको हातमा जग्गाधनी पुर्जा दिलाएर त्यो हासो सदैब कायम राख्ने आफ्नो दायित्व रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटना रोक्न राजमार्गमा आकस्मिक चेकिङ शुरु

१६ असार २०८०, शनिबार १३:३८
नेपालगञ्ज : राजमार्गहरूमा सवारी दुर्घटना हुने क्रम नरोकिएपछि बाँके ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै जाँच गर्न थालेको छ । सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा प्रहरीले आकस्मिक जाँच शुरु गरेको हो । ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने […]