बाँकेमा बीमाको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या

सदरलाइन संवाददाता १३ श्रावण २०७९, शुक्रबार १४:४६
 

नेपालगञ्ज : बाँकेमा ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो ।

प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले शुक्रवार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।


यो गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ ।

वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शान्ति पुनःस्थापना केन्द्र बाँकेद्वारा बेचखिनको जोखिममा रहेका २ सय ४६लाई सिमा क्षेत्रबाट उद्धार

१३ श्रावण २०७९, शुक्रबार १४:४६
नेपालगञ्ज :  मानव वेचखिन बिरुद्धको क्षेत्रमा क्रियाशिल शान्ति पुनःस्थापना गृह बाँकेले एक वर्षको अन्तरालमा जिल्लाका विभिन्न चार नाका र एक परामर्श केन्द्रबाट २ सय ४६ युवतीको उद्धार गरेर पारिवारिक पुनरमिलन गराउदै ६ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गर्न सफल भएको छ । केन्द्रका जिल्ला संयोजक निर्मल सुवेदीले केन्द्रले बाँकेको नरैनापुर […]