नेपालगञ्ज : चाडपर्वका बेला भारतबाट फर्किने नेपालीलाई सुरक्षितरुपमा गन्तब्यसम्म पुर्याउन नेपाल–भारत सीमा नाका जमुनााहमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
चाडपर्व मनाउन भारतबाट फर्किने नेपालीहरु लुटिने र ठगिने गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहमा नागरिक सहायता कक्ष संचालनमा ल्याएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक (बरिष्ठ सई) माधवप्रसाद रिजालले बताए ।
चाडपर्व मनाउन भारतबाट आउने नेपालीलाई ठगिन र लुटिनबाट जोगाउन नागरिक सहायता कक्ष मार्फत सचेतना जगाउने र समस्यामा परेका नेपालीलाई गन्तब्यसम्म पुर्याउन सहयोग गरिने रिजालले बताए ।
‘कामका लागि भारत गएर फर्किने नेपालीलाई लक्षित गरि नागरिक सहायता कक्ष विहीवबारदेखि सञ्चालनमा ल्याइएको छ,’ उनले भने ।
बाँके प्रहरीले नेपालगञ्ज र कोहलपुर बसपार्क लगायत आउजाउ हुने ठाउँमा समेत नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको बाँके प्रहरीले जनाएको छ ।