खजुरामा कृषि सम्बद्ध कार्यालयको कार्यक्रम सार्वजनिक

सदरलाइन संवाददाता ३१ श्रावण २०७८, आईतवार १४:२९
 

खजुरा (बाँके) : बाँकेको खजुरामा रहेका कृषि सम्बद्ध तीन वटा कार्यालयले चालू आर्थिक बर्षका स्विकृत कार्यक्रम सार्वजनिक गरेका छन् । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराको सभाहलमा गरिएको बार्षिक कार्यक्रम तथा खर्च सार्वजनिकीकरण गोष्ठीमा कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र, माटो तथा मल परिक्षण प्रयोगशाला र बाली संरक्षण प्रयोगशालाले आर्थिक बर्ष २०७८÷७९ का स्विकृत कार्यक्रम सार्वजनिक गरेका हुन् ।

गोष्ठीमा कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख अमरराज शर्मा घिमिरेले ३ करोड ३२ लाखको स्विकृत कार्यक्रम सार्वजनिक गरेका थिए । गत आर्थिक बर्षमा यो कार्यालय लुम्बिनी प्रदेशका उत्कृष्ट कार्यालयहरु मध्ये एक हो ।


यस्तै माटो तथा मल परिक्षण प्रयोगशालाको स्विकृत बार्षिक कार्यक्रम पनि घिमिरेले नै प्रस्तुत गर्नुभएको थियो । यस कार्यालयको बजेट २ करोड १० लाख छ ।

गोष्ठीमा बाली संरक्षण प्रयोगशालाका प्रमुख नरेश धितालले चालू आर्थिक बर्षका कार्यक्रम सार्वजनिक गर्दै आफ्नो कार्यालयको बजेट २ करोड २३ लाख स्विकृत भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हैटीमा भूकम्प जाँदा तीन सय जनाको मृत्यु

३१ श्रावण २०७८, आईतवार १४:२९
काठमाण्डौ : हैटीमा गएको भूकम्पमा परेर कम्तीमा तीन सय जनाको ज्यान गएको छ । ७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर १८ सयभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उद्धार चलिरहेको छ । ज्यान गुमाउने र घाइतेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान […]

सम्बन्धित