अवधि भाषामा विद्युतिय पाठ्यसामग्री निर्माण गरिदै

२८ फाल्गुन २०७४, सोमबार २१:४७
 

सदरलाइनडटकम
२८ फागुन, नेपालगन्ज : बाँके युनेस्को क्लवले विश्व शिक्षाको सहकार्यमा अवधि भाषाका बालबालिकाकालाई लक्षित गर्दै उनीहरु कै मातृ भाषामा शिक्षा ग्रहण गर्न सजिलोका लागि पाठ्य सामग्री निर्माणको पहल थालेको छ ।
लोप हुन लागेको अवधि भाषालाई विद्यालयस्तरबाट नै बालबालिकालाई सिकाउने उद्देश्यले सामाग्री निमार्णका लागि २२ जना अवधी लेखकहरुका लागि ६ दिने कार्यशाला सुरु गरिएको हो ।
लेखहरुले कार्यशालामा नै अवधी भाषाका दुईसय वटा पाठ्य सामाग्री तयार पारिने बताइएको छ । सोमबार कार्यशालामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले बाँकेमा अवधीभाषी धेरै भएको प्रारम्भिक कक्षाका बालबालिकालाई अवधी भाषाको पाठ्य सामाग्री निर्माण गर्नु आवश्यक भएको बताए ।
‘बाँकेको दक्षिण क्षेत्रमा अधिकांश अवभिध भाषीहरुको बसोबास रहेको छ, आफ्नो मातृभाषाको संरक्षण गर्न पाउनु अधिकार हो’ उनले भने, ‘आफ्नो पहिचान र संस्कृति जोगाउन बालबालिकाले मातृभाषामा शिक्षा लिन पाउनुपर्दछ, त्यसैले अवधि भाषाको पाठ्य सामग्री निर्माण गरी प्रारम्भीक कक्षादेखि नै अध्यापन सुरु गरिनु पर्दछ ।’
प्रशिक्षणमा सहभागी जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले अवधि भाषाको पाठ्य सामग्री निर्माणले अवधिभाषी बालबालिकालाई बिद्यालयमा टिकाउन सहज वातावराण सिर्जना हुने दाबी गरे । उनले भाषा बुझ्न नसकेकै कारण विद्यालय छोड्ने दर पनि बाँकेमा देखिएकाले प्रथामिक तहसम्म मातृभाषामै शिक्षा दिनुपर्ने बताए ।
पठन सामाग्री तयार भएपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई आफ्नै मातृ भाषामा पढन लेख्न र सिक्ने कार्यमा सहजता हुनेछ । यस्तै, कार्यशालामा विद्युतीय सप्फट्वेयर तथा विषयबस्तुको बारेमा जानकारी गराई दुईसय पाठ तयार गरिने बाँके यूनेस्को क्लवका अध्यक्ष परवेज अली सिद्दिकीले बताए । पाठयक्रम विकास केन्द्रका पुरुषोत्तम घिमिरे र विश्व शिक्षाका सिमा आचार्य सहितको चारजनाको समूहले लेखकहरुलाई प्रशिक्षणमा सहजीकरण गरिरहेका छन् ।
पश्चिम नेपाल नवलपरासीदेखि कञ्चनपुरसम्मका तराईका जिल्लाहरुमा अवधी भाषीको बाहुल्यता रहेको छ । भौगोलिक क्षेत्र रहेको छ । बाँके जिल्लालाई केन्द्र मानी विश्वकै अवधी भाषीका बालबालिकाहरुका लागि पाठन सामाग्री तयार गर्न लागिएको आयोजकले दाबी गरेको छ ।

Next Post

घोडाघोडी नगरपालिकाका मेयरमाथि गोली प्रहार, अवस्था गम्भीर, उपचारको लागि नेपालगन्ज लगियो

२८ फाल्गुन २०७४, सोमबार २१:४७
सदरलाइनडटकम २८ फागुन, धनगढी :  कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति ८ बजेर १० गोली र खुकुरी प्रहार भएको छ । आफ्नै निवास घोडाघोडी नगरपालिका–१ सुखडबजारमा बसिरहेको अवस्थामा चारजनाको समुहमा मोटरसाइकलमा आएको अज्ञात समूहले मेयर चौधरीलाई गोली र खुकुरी प्रहार गरेको बताइएको छ । मेयर चौधरीलाई आक्रमण गर्ने […]