२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

स्थापना दिवसमा फलफुल वितरण तथा सरसफाई



नेपालगञ्ज : नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसमा विरामीहरुलाई फलफुल वितरण तथा सरसफाई गरिएको छ । महासंघको स्थापना दिवसको अवसरमा पश्चिम नेपालकै ठुलो भेरी अस्पताल नेपालगञ्जमा सरसफाई तथा विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

भेरी अस्पताल विकास समिति नेपालगञ्जका अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यतामा भएको फलफुल वितरण तथा सरसफाई कार्यक्रमको अध्यक्षता नेपाल उद्योग व्यापार महासंघ नेपालगञ्जका अध्यक्ष तेज प्रसाद रेग्मीले गरेका थिए ।

नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशका सहसचिव अक्कल बहादुर बम, मेडिकल सुपरिडेन्टेण्ट डाक्टर बद्रि चापागाई, नागरिक समाज, बुद्धिजिवी, समाजसेवी, राजनीतिकर्मी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महासचिव दशरथ चन्दले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतबार
ताजा समाचार