कोहलपुरमा हरित नगर अभियान शुरु

सदरलाइन संवाददाता १६ असार २०८०, शनिबार १३:४९
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले हरित नगरपालिका निर्माणका लागि स्थानीयसँग सहयोग लिने भएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीसँग सहकार्य गरी हरित नगरको अवधारणाले मूर्त रूप लिने दाबी गरेका छन् ।

नगर प्रमुख आचार्यले भने, “नगर क्षेत्रभित्र वृक्षरोपण गरी सहरी सुन्दरता कायम गर्न आआफ्ना घरपरिसरमा सदाबहार हरियाली हुने एवं सौन्दर्य कायम हुने बिरुवा लगाउन सार्वजनिक अपिल गरेका छौँ ।” आचार्यले नगर सभाले समेत हरित कोहलपुरलाई प्राथमिकता दिएको जानकारी दिँदै आमनागरिकको साथ र सहयोगमा मात्रै यस अभियानले सफल्ता पाउने बताए ।


यसरी वृक्षरोपण गर्दा कम्तीमा एक सय मिटरको क्षेत्रसम्म एउटै प्रजातिका बिरुवा लगाउनुपर्ने नियम नगरपालिकाले बनाएको छ । केही स्थानीयले सडक किनारामा बिरुवा लगाउनसमेत शुरु गरिसकेका छन् ।

वृक्षरोपणका लागि टोलमा सहमति गरी क्षेत्र यकिन गर्न सडक डिभिजन, नगरपालिकाको नक्सा शाखा र नगर प्रहरीसँग समन्वय गर्न नगरपालिकाले आग्रह गरेको छ । छतिवन, करभिर, बेगमबेली, कपुर, समी, मिनी चमेली, बोटल ब्रस, गुलचिन, टिकुमा, कोकोकार्पस, असारे फूल प्रजातिका बिरुवा प्राथमिकता राख्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफूखुशी शुल्क नलिन बारबर्दियाको विद्यालयलाई निर्देशन

१६ असार २०८०, शनिबार १३:४९
बर्दिया : बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आफूखुशी कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (१–१० कक्षासम्म) निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले एक सूचना निकालेर कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र […]