बर्दियामा खोरेत रोगविरुद्ध ६२ हजार ७ पशुचौपायालई खोप

सदरलाइन संवाददाता १४ असार २०८०, बिहीबार १४:००
 

बर्दिया : खोरेत रोगविरुद्ध बर्दियामा चालु आर्थिक वर्षमा ६२ हजार घरपालुवा जनावरलाई खोप लगाइएको छ । यस चालु आर्थिक वर्षमा अहिलेसम्म खोरेत रोगबाट घरपालुवा जनावरलाई रोग नलागेको एकीकृत तथा पशुपक्षी विकास कार्यालय, बर्दियाले जनाएको छ ।


एकीकृत तथा पशुपक्षी विकास कार्यालय, बर्दियाको बिहीबार गुलरियामा खोरेत रोग सचेतना तथा नियन्त्रणका लागि सरोकारवालासँग गाई, भैंसी फर्म, भ्याक्सिनेट लगायत खोप कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पशु चिकित्सक अनिल शर्माले ६२ हजार ७ सय घरपालुवा जनावरलाई खोप लगाएको बताए । यो रोग घरपालुवा बाहेक वन्यजन्तुलाई लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

१४ असार २०८०, बिहीबार १४:००
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको बोलपत्र स्वीकृत भएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न भनिएको कोहलपुर बसपार्क साउन देखी औपचारिकरूपमा सञ्चालन आउने भएको हो । लामोदूरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुर ११ बाँकेले लिएको हो । तर बसपार्कको संरचनासँगै निर्माण […]

सम्बन्धित