प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

सदरलाइन संवाददाता १५ माघ २०८०, सोमबार १४:५६
 

नेपालगञ्ज : रुकुमपश्चिम ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा ५ का २२ वर्षीय कैलाश पुरी र वडा ६ का एक जना १५ वर्षीय बालक रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट सोमबार बिहान प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । आइतबार बेलुका रुकुमपश्चिमकोे बाँफिकोट –३ स्यार्पुमा प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । आक्रमणमा परेर ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते हुनुभएको छ ।


आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । उहाँहरुलाई उपचारका लागि आइतबार राति जिल्ला अस्पताल सल्ले लगिएको थियो । घाइतेहरुलाई थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल नेपालगञ्ज ल्याइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार स्थानीय युवाविचमा विवाद भएको थियो । विवादपछि होहल्ला गर्दै हिडेका युवालाई सम्झाइ बुझाइ गर्न खोज्दा केही युवाहरुले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । युवाहरुले प्रहरीमाथि हातपात गर्दै ढुङगा प्रहार गरेर घाइते बनाएको प्रहरीको भनाइ छ ।

प्रहरीमाथि हातपात तथा कुटपिट गर्ने अन्य व्यक्तिहरु फरार रहेको र उनीहरुको पनि खोज तलास भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवाह गर्न वडाको सिफारिस अनिवार्य

१५ माघ २०८०, सोमबार १४:५६
जुम्ला : बालविवाह हुन नदिन जुम्लाको तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए […]

सम्बन्धित