जानकीलाई औद्योगिक करिडोर बनाउने योजना छ : हिमान्शु यादव

सदरलाइन संवाददाता २३ बैशाख २०७९, शुक्रबार २०:२४
 

 


जानकी (बाँके) :  एमालेबाट जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादवले जानकी गाउपालिकालाई औद्योगिक करिडोर बनाउने योजना आफुसंग रहेको बताएका छन ।

पालिका अध्यक्षमा सम्भवत कम उमेरका अध्यक्ष पदका उम्मेदवार रहेका यिनै युवा उम्मेदवारले जिल्लाको सबै भन्दा धेरै ठुला उद्योगहरु भएको जानकी गाउपालिकालाई समृद्ध बनाउने अठोट सहित यादव चुनावी घरदैलोमा रहदा जानकी गाउँपालिकालाई पश्चिमकै ठूलो औद्योगिक करिडोर बनाउन पूर्वाधार निर्माण गर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । अध्यक्ष पदका प्रत्यासी यादब जनताको मन जित्दै घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।


अध्यक्षका प्रत्यासी यादवको दैनिकी जीवन अचेल बिहानैदेखि साँझसम्म जनताको घरदैलो अभियानमा जनतासंग प्रत्यक्ष भेटघाटमा बितिरहेको बताउँछन् । अध्यक्षका प्रत्यासी यादब जनताको घर–घर बस्ती बस्तीमा पुगेर र जनतासंग प्रत्यक्ष भट्दै घरदैलो अभियानमा जुटिरहेका छन् ।

अहिले पनि जानकीमा करोडौ लगानीका ठूला उद्योगहरु रहेका छन् । त्यसका लागि पूर्वाधार निर्माणमा आफ्नो पूर्ण साथ र सहयोग रहने उनको भनाई छ । नम्र र सरल स्वभाबका हिमान्शुले जनताको समस्या र अपेक्षालाई केन्द्रबिन्दु बनाएर जनताको हितमा पालिकाको बिकास गर्ने बताए । आफ्नो कार्यकालमा सरकारी सेवा सुविधा केही पनि नलिने यादवले प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिस्पर्धी कुरा काटेर बस्दै गर्दा घननाथ भने बैजनाथको विकासको कुरा गर्दैछन

२३ बैशाख २०७९, शुक्रबार २०:२४
बैजनाथ (बाँके) : बाँकेको विकासको सम्भावना बोकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष बन्ने दौडमा छन् नेकपा एमालेका नेता घननाथ खनाल । खनालले बैजनाथलाई आफ्नो राजनीतिक जीवन सर्मपण गरेका छन् । दिनरात नभनी पार्टी संगठन मात्र होइन त्यहाँको हरेक दुःख सुखमा खटिएका उनी अब पालिका अध्यक्ष बनेर बैजनाथलाई जिल्लाकै उत्कृष्ट पालिका बनाउने उद्घोष […]