प्रतियोगितामा हालसम्म सेनानै अग्रपंक्तिमा

६ बैशाख २०७६, शुक्रबार १७:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले सम्म नेपाली सेनानै अग्रपंक्तिमा रहेको छ । सेना आफ्नो बर्चस्व यथाबतनै राखेको छ । अहिलेसम्म सम्पन्न १४ खेलमा ९७ स्वर्ण, ९६ रजत र १७२ कास्य पदकको छिानोफानो हुँदा त्रिभुवन आर्मीले बर्चश्व कायम गरेको छ । आर्मी अहिलेसम्म ३१ स्वर्ण, २७ रजत र २० कास्य पदकसहित अंक तालिकामा पहिलो स्थानमा छ ।
१८ स्वर्ण, १५ कास्य र १६ रजत जित्दै नेपाल पुलिस दोस्रो र सशस्त्र प्रहरी एपिएफ १४ स्वर्ण, २२ रजत र २२ कास्य पदक प्राप्त गरी तेस्रो स्थानमा छ । प्रदेश तर्फ भने ७ स्वर्ण, १३ रजत र ३१ कास्य सहित प्रदेश नम्बर ३ अगाडि छ । गण्डकी प्रदेशले ६ स्वर्ण, ६ रजत र १८ कास्य जितेको छ भने सुदुरपश्चिम प्रदेशले ६ स्वर्ण, ५ रजत र ११ कास्य हात पारेको छ । प्रदेश नम्बर २ ले ६ स्वर्ण, ६ रजत र १८ कास्य जित्दा प्रदेश ५ ले ४ स्वर्ण, ७ रजत र २० कास्य पदक हात पार्न सफल भएको छ ।
प्रदेश १ ले भने ३ स्वर्ण, ५ रजत र २५ कास्य पदक जितेको छ । प्रदेशहरुमा सबैभन्दा पुछारमा रहेको कर्णाली प्रदेशले १ स्वर्ण र २ कास्य पदक मात्रै हात पारेको छ भने एनआरएनए पनि १ स्वर्ण र ३ कास्य जितेको छ । प्रतियोगितामा ३ विभागीय टोलीसहित, ७ वटै प्रदेश र एनआरएनएको टिम सहभागी छन् ।

Next Post

धर्मनिरपेक्षता खारेजीको माग गर्दा लाठी चार्ज

६ बैशाख २०७६, शुक्रबार १७:१३
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यक्रमअनुसार शुक्रवार बाँके र बर्दियासहित देशभरमा धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाइएको छ । राप्रपाका महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा लगायतको सहभागितामा धर्मनिरपेक्षता लेखिएका ब्यानर र प्लेकार्ड बाँकेमा जलाइएको नेता ऋषिराज देवकोटाले जानकारी दिए । सो क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको […]