कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

सदरलाइन संवाददाता १४ असार २०८०, बिहीबार १४:२६
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको बोलपत्र स्वीकृत भएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न भनिएको कोहलपुर बसपार्क साउन देखी औपचारिकरूपमा सञ्चालन आउने भएको हो । लामोदूरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुर ११ बाँकेले लिएको हो । तर बसपार्कको संरचनासँगै निर्माण गरीएको ४ तले टर्मिनल भवनको भने ठेक्का लाग्न सकेको छैन ।

टर्मिनल भवन ठेक्काका लागि पाँचौ पटक बोलपत्र आह्वान गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । बागेश्वरी यातायात प्रालिले अब बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको व्यवस्थापन गर्नेछ ।

बागेश्वरी यातायात व्यवसायी प्रालिका महासचिव टंक बस्यालले बसपार्कको व्यवस्थापनकालागि आफूहरूको बोलपत्र स्वीकृत भएको जानकारी दिए । उनले साउन १ गते उदघाटन गरेर बसपार्क सञ्चालन गर्ने तयारी भएको बताए । प्रालिले तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न र वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ तिर्ने गरि बोलपत्र स्वीकृत भएको बस्यालको भनाई छ ।


बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ ।

बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स लगायतका सबै संरचना छन् । बसपार्कमा तीनवटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामारी रोगहरु नियन्त्रणमा आउँदैछन् : मन्त्री खनाल

१४ असार २०८०, बिहीबार १४:२६
नेपालगञ्ज : लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अहिले सरुवा रोगको महामारी भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बनेर आएको बताएका छन् । बाँकेलाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा सभालाई बिहीवार नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री खनालले मन्त्री खनालले खोपको शुरुवातसंगै महामारी रोगहरु नियन्त्रणमा रहेको बताएका छन् । कुनै बेला महामारीकै […]