नेपालगञ्जबाट ट्रकसहित १७ लाख बढीको अवैध खाद्यान्न बरामद

सदरलाइन संवाददाता १२ असार २०८०, मंगलवार १३:२६
 

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले एउटा ट्रकसहित भारतबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको तेल र चिनी बरामद गरेको छ ।

बाँके प्रहरीको टोलीले सोमवार राती नेपालगञ्ज १२ कोरियनपुरबाट भन्सार छलेर ल्याइएको ३ हजार किलो चिनी, ३ हजार लिटर स्वायबिन तेल, ५० पोका सुपरपावर सुर्तीसहित भे १ ख ३३४८ नम्बरको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नियन्त्रणमा लिइएको ट्रकसहित बरामद गरिएका सबै अवैध सामग्रीको मूल्य १७ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

प्रहरीले बरामद गरेको अवैध ट्रकसहित सबै सामग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा झुण्डिएको अवस्थामा शव भेटियो

१२ असार २०८०, मंगलवार १३:२६
नेपालगञ्ज : कोहलपुरमा एक जना झुण्डिएको अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका वडा नं. ११ एनटिभि रोड घर भएका करिब १८ वर्षिय सुदिप वली आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । वली सोमबार बेलुका ८ बजेतिर आफ्नै घरको पंखामा झुन्डिएको अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी […]