सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा बुधवारराती आगलागी हुँदा एक करोड बढीको नोक्सान भएको छ । मेडिकल कलेज अगाडी रहेका राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी तथा धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियो ।
एक्कासी विद्यतु शर्ट भई आगलागी हुुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागी भएको थाहा पाउनासाथ पुगेका सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाए पनि औषधिजन्य वस्तु जलेर नष्ट भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमा ९० लाख बढीको औषधि जलेर नष्ट भएको अनुमान गरिएको बताए ।
