मालपोत कार्यालय रुकुम पश्चिममा टोकन प्रणालीको सुरुवात

सदरलाइन संवाददाता २३ माघ २०७८, आईतवार १८:३९
 

रुकुम पश्चिम : मालपोत कार्यालय रुकुम पश्चिममा टोकन प्रणालीको सुरुवात गरिएको छ । अनियमित र अव्यवस्थित सेवा भएको गुनासो बढिरहेका बेला मालपोत कार्यालय रुकुम पश्चिमले सेवालाई सहज बनाउने प्रयास थालनी गरिएको जनाएको छ ।

यही माघ ४ गतेदेखि कार्यालयमा टोकन प्रणालीमार्फत सेवा प्रदान गर्न थालिएको हो । ‘बिचौलियाको चलखेल भयो’, मालपोत कार्यालयका निमित्त प्रमुख ओमबहादुर खत्रीले भने, ‘चलखेल रोक्न र पालोअनुसार सहज सेवा प्रवाह गर्न टोकन प्रणाली लागू गरेका छौँ ।’

टोकन प्रणाली सुरु भएसँगै धेरै गुनासो आउने गरेको अनलाइन सेवा र विद्युतको समस्या समाधान केन्द्रित भएको निमित्त प्रमुख खत्रीले बताए । उनले सोलार प्रणाली जडान गरेर विद्युतको समस्या समाधन गरिएको र इन्टरनेटको समस्या समाधनमा लागेको जनाए ।


मालपोत कार्यालयमा सेवाग्राहीले आफ्नो पालोअनुसार समयमै सेवा नपाएको गुनासो गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयमा समेत मालपोत कार्यालयमा भएको अव्यवस्थित सेवाबारे सेवाग्राही र लेखापढी व्यवसायीले गुनासो गर्दै आएका थिए ।

गुनासोपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मालपोत कार्यालयमा टोकन प्रणाली सुरुवात गर्न निर्देशन दिएका थिए ।
त्यस लगत्तै त्यो सेवाको सुरु गरिएको मालपोत कार्यालयले जनाएको छ ।

टोकन प्रणालीअनुसार सुरुमा सेवाग्राहीले कार्यालय प्रमुख समक्ष निवेदन पेस गरेपछि प्रमुखले नम्बर र समय अङ्कित टोकन सेवाग्राहीलाई उपलब्ध गराउनेछ ।
त्यसपछि त्यही टोकन नम्बरअनुसार सम्बन्धित फाँटमा क्रमैसँग सेवाग्राहीले सेवा लिन सक्नेछन् । कार्यालय प्रमुख खत्रीका अनुसार सकभर टोकन उपलब्ध गराएकै दिनमा सेवा प्रदान गरिने छ । तर, त्यही दिन काम सम्पन्न नभएमा अघिल्लो दिनको टोकन नम्बरअनुसार काम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतबार २६ जना कोरोना संक्रमित थपिए

२३ माघ २०७८, आईतवार १८:३९
नेपालगञ्ज : बाँकेमा आइतबार ५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका २ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको र एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज […]

सम्बन्धित