लुम्बिनीका नवनियुक्त कानुन मन्त्रीले पदबहालीसंगै गरे दुई निर्णय

दशरथ घिमिरे ८ कार्तिक २०८१, बिहीबार १९:१०
 

दाङ : लुम्बिनी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले पदभार ग्रहण गर्दै दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।

उनले प्रदेश प्रहरी समायोजनका लागि संघीय सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने र विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन टोल फ्रि तथा हटलाईन सेवा सञ्चालन गर्ने दुईवटा निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा प्रदेश प्रहरी ऐन, २०७९ निर्माण भइसकेको छ । तर, यो ऐन कार्यान्वनयमा आउन सकेको छैन् । नेपाल प्रहरी प्रदेशमा समायोजन गर्नेगरी संघीय सरकारले ऐन अघि नबढाएकाले प्रदेशले निर्माण गरेको ऐन कार्यान्वयनमा आउन सकेको छैन् । नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्रीले प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।


नेपालको संविधानको अनुसूची–६ मा प्रदेशको अधिकारको सूची अन्तरगत प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा रहेको छ । प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलको क्षेत्राधिकार भित्र प्रदेश शान्ति सुरक्षा, सुव्यवस्था सम्वन्धी नीति, मापदण्ड र योजना तथा कार्यान्वयन गर्ने, प्रदेश प्रहरी सञ्चालन, व्यवस्थापन र नियमन गर्ने सम्वन्धि व्यवस्था छ ।

संविधानले दिएको अधिकार कार्यान्वयन गर्नेगरी भूमिका बढाउने नव नियुक्त मन्त्री अग्रवालले प्रतिबद्धता व्यक्त गरे । यस्तै विपद्जन्य घटना सम्वन्धि सूचनामा आम नागरिकको पहुँचलाई सुनिश्चित गर्न प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रमा टोल फ्रि तथा हटलाईन नं सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षामा सुचना र प्रबिधि बिषयक कक्षा सञ्चालनका लागि शिक्षकलाई तालिम

८ कार्तिक २०८१, बिहीबार १९:१०
गुलरिया (बर्दिया) : प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा बर्दियाका शिक्षकलाई लक्षित गरी शिक्षामा सुचना तथा प्रबिधि बिषयक चार दिने तालिम गुलरियामा सुरु भएको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लब र जनसेवा केन्द्रले साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको बालिका शसक्त […]

सम्बन्धित