ग्यास सिलिण्डर बिस्फोट हुँदा एकको मृत्यु, चार घाइते

२ माघ २०७५, बुधबार १७:४४
 

सदरलाइनडटकम,
काठमाण्डौ : पिस नेपाल ह्याण्डिक्र्याफ्टमा ग्यास सिलिण्डर लिक भई बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । राजधानीको गोगंबुस्थित टोखा नपा वडा नम्बर–९ दिपज्योतीमा रहेको श्याम ढुंगानाको ह्याण्डिक्र्याफ्टमा काम चलिरहेको अवस्थामा बुधवार ग्यास सिलिण्डर लिक भई बिस्फोट भएको हो ।
ग्यास बिस्फोटमा परी नुवाकोट घर भएका ३३ वर्षीय काजी तामाङको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका इन्सपेक्टर मोहन विक्रम केसीले रातोपाटीलाई जानकारी दिए ।
घाइते भएका तामाङको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । यस्तै घाइते हुनेहरुमा गोरखाका ३२ वर्षीय राजकुमार बिसी, धादिङका कैलाश श्रेष्ठ, रेशम तामाङ र अनिल पोखरेल रहेका छन् । उनीहरुको ग्रान्डी अन्तर्राष्ट्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ह्याण्डिक्र्याफ्टमा सिसाका सामग्रीहरु बनाउने काम गरिन्छ ।

Next Post

खजुराका मेलमिलापकर्तालाई तीनदिने तालिम

२ माघ २०७५, बुधबार १७:४४
सदरलाइनडटकम,  खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले न्यायिक समितिद्वारा सम्पादन गर्ने कामलाई सहज बनाउने उद्देश्यले मेलमिलापकर्ताको लागि तीन दिने पुनरताजगी तालिम सुरु गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले विभिन्न २४ प्रकृतिका विवाद समाधान तथा मेलमिलापका लागि स्थानीय तहलाई नै जिम्मेवारी दिदै सबै स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक […]

सम्बन्धित