प्रदेश अस्पताललाई हेलिप्याड सहित ५ सय शैय्याको बनाईंदै

सदरलाइन संवाददाता ३२ जेष्ठ २०८०, बिहीबार १५:५८
 

सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई हाल ३ सय बेडसहितको सुविधा रहेकोमा अब भवनमा ५ सय शैय्या पुर्याइने भएको हो । साथै हेलिप्याड पनि बनाउने गरी निर्माण सम्झौता गरिएको छ ।

प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौँबीच अस्पतालको तला थपका लागि सम्झौता गरिएको हो । १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपैयाँ लागतमा अस्पतालमा एक तला थप गरिँदैछ ।

अस्पतालले बिरामीको चाप ह्वात्तै बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहनेगरी तला थप गर्न लागेको अस्पतालका निर्देशक डाक्टर खड्काले बताए । ‘तला थप भएपछि भीआईपी उपचार कक्ष, डिलक्स, क्याविन कक्षलगायत सुविधाहरू एड हुने उनले बताए ।


अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहने र त्यसैको माथि हेलिप्याड निर्माण गरिने निर्देशक खड्काले जानकारी दिए । उनले अप्रेसन कक्ष, ल्याब, एक्सरे, एमआरआई भवन छुट्टै राखिने उल्लेख गरे ।

शिक्षण अस्पताल भएमा विद्यार्थीहरूलाई अध्ययन गराउने कोठा र बस्नेसहितको सुविधा पनि नयाँ भवनमा थप हुनेछ । निर्माण व्यवसायीले हाल सेवा प्रवाह गरिरहेको भवन ३ वर्षमा सक्ने सम्झौता थियो । तर २ वर्ष ५ महिनामा निर्माण सम्पन्न गरेको हो ।

सोही निर्माण व्यवसायीले कामको जिम्मेवारी पाएकाले बिरामीहरूलाई कुनै असर नगर्नेगरी निर्माण थाल्ने प्रतिबद्धता गरे । २०८२ मंसिरसम्म तला थप गर्ने अवधि रहे पनि लक्ष्य अगावै काम सक्न आफू प्रतिबद्ध रहेको ठेकेदार कम्पनीले बताएको छ । अब केही दिनमा भौतिक कामहरू शुभारम्भ गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, घाइतेलाई कोहलपुर रिफर

३२ जेष्ठ २०८०, बिहीबार १५:५८
नेपालगञ्ज : दाङको तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ का चालक अन्दाजी ३२ वर्षीय विष्णु पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनाका अन्य चार जना घाइतेलाई थप उपचारका लागि बाँकेको कोहपुर […]