कोहलपुरमा दुईवटा विधेयकसहित झन्डै एक दर्जन प्रस्ताव स्वीकृत

सदरलाइन संवाददाता १३ माघ २०७९, शुक्रबार १७:०६
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विधेयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको शुक्रवार बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो ।

गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगर प्रमुख आचार्यले कोहलपुर बाङ्मय प्रतिष्ठान विद्येयक २०७९ र कोहलपुर नगरपालिकामा सार्वजनिक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ टेवल गर्नुभएको थियो ।

योसँगै बजेट, योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाको संगठन संरचनामा हेरफेर, लिजाको नतिजा (२०७८÷०७९), अर्धवार्षिक प्रगति समिक्षा प्रतिवेदन (२०७८÷०७९) लगायतका सार्वजनिक महत्वका बिषयहरु पनि बैठकमा टेवल गर्नुभएको थियो । ती विद्येयक र सार्वजनिक महत्वको बिषयसँगै आज प्रस्ताव गरिएका थप सात वटा सार्वजनिक सरोकारका प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय बाँकेको ट्रायल सेन्टर कोहलपुरमा भएकाले यातायात कार्यालय पनि कोहलपुरमा स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, कोहलपुर नगरपालिका तथा अखिल नेपाल फुटवल संघ (एन्फा) बीच भएको सहमति अनुसार कोहलपुर नगरपालिकामा फुटवल एकेडेमी तत्काल संचालनका लागि एन्फा लगायतसँग पुनः अनुरोध गर्ने, कोहलपुर नगरपालिकामा वर्सेनि हुने डुवान नियन्त्रणका लागि डुडुवा खोलामा तटबन्ध गरी डुडुवा करिडोर निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी तथा योजना कार्यान्वयनका लागि प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने रहेका छन् ।


यसैगरी नेपाल सरकार सहरी विकास मन्त्रालयबाट संचालन हुने सघन सहरी विकास कार्यक्रममा कोहलपुर नगरपालिकालाई समेत समेटी योजना स्वीकृतका लागि अनुरोध गर्ने । र, खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि मन्त्रालयमा पहल गर्ने, कोहलपुर नगरपालिकाका १५ वटै वडामा हालसम्म निर्मित संरचना(घर) को अभिलेखिकरण हुन बाँकी रहेको सन्दर्भमा कार्यपालिकाको निर्णय अनुसार प्रत्येक वडामा त्यस्ता घरहरुको संख्या एकीन गर्न जिम्मा दिईएकोमा जुन वडाको विस्तृत विवरण प्राप्त हुन्छ, त्यतिनै संख्याका लागि मात्र अन्तिम पटकको लागि घरनक्सा अभिलेखिकरण सूचना प्रकासन गर्ने र चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म अघिल्लो सभाबाट अधिकार प्राप्त भइ कार्यपालिका एवम् आगामी नगर प्रमुखस्तरीय निर्णयबाट भएका गरेका सम्पूर्ण निर्णय तथा कार्यहरुको अनुमोदन भएमा सो प्रयोग गरी निर्णय एवम् कार्यान्वयन गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।

शुक्रवारको बैठकमा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकाले संस्थागत सुधारका काममा प्राथमिकता दिइएको बताए ।

यस्तै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले सुरु गरेको नीतिगत सुधार र सुशासनको परिणाम देखिन थालेको बताइन् ।

बैठकमा नगरपालिकाका प्रवक्ता तथा नगरसभा सदस्य नमबहादुर आले, सदस्यहरु वीरेन्द्रकुमार शाह, लाल बहादुर राना, हरि कठायत, माधव प्रसाद रिजाल, भीम प्रसाद पौडेल र इश्वरी विक लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महोत्सवको थारू बस्तीमा रमाउँदै दर्शक

१३ माघ २०७९, शुक्रबार १७:०६
नेपालगञ्ज : नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारू संस्कृतिमा दर्शक रमाउने गरेका छन् । प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारू संस्कृति हेर्न र थारू परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ । महोत्सवका १७ वटा कक्षमा थारूगाउँ सञ्चालन गरिएको सञ्चालक हेमन्त चौधरीले बताए […]