क्वारेन्टाईन व्यवस्थित गर्न नसकिए भयावह हुने खतरा

६ जेष्ठ २०७७, मंगलवार २३:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहमा निर्माण गरिने क्वारेन्टाईन व्यवस्थापन गर्न नसक्ने हो भने भयाबह अवस्था आउन सक्ने चेतावनी दिएका छन ।

बाँकेमा कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्य बिभागको टोलीसहित अध्ययनको लागि बाँके आईपुगेका उनले भारतबाट अनपेक्षित तरिकाले आउनेहरुलाई व्यवस्थित क्वारेन्टाईनमा राख्न नसके अवस्था सम्हालिनसक्नु हुने चेतवनी दिदै व्यवस्थित क्वारेन्टाईनको निर्माण र व्यवस्थापनममा सबैको ध्यान केन्द्रित हुनु पर्ने बताए ।

उनले भारतबाट आउने सबैको अनिबार्य पिसिआर जाँच गर्ने तथा संक्रमितको उपचारको लागि थप आईसोलेसन अस्पताल तयार गर्नुको साथै लक्षण देखिएका विरामीलाई उपचार गर्ने अस्पताल र लक्षण नदेखिएका विरामीलाई राख्ने आईसोलेशन स्थानको पहिचान गरी तयारी अवस्थामा रहनु पर्ने अवस्था आएको कुरामा जोड दिए ।


उनले कोरोना संक्रमण फैलन नदिनको लागि अव ट्ेसिङ्ग र टेस्टिङ्गलाई तीब्र गतिमा बढाउन आवश्यक रहेको छ । आफुहरुको ध्यान त्यसमा केन्द्रीत रहेको बताए ।
मंगलबार उनी जिल्ला कोभिड–१९ क्राइसिस म्यनेजमेन्ट सेन्टर बाँकेको बैठकमा सहभागि हुँदै नरैनापुरका सबै संक्रमितलाई व्यवस्थापन गर्ने तथा थप योजनाबारे छलफलमा सहभागि भएका थिए ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाको अध्यक्षतामा बसेको बैठकले परीक्षण, उपचार, मृतकको व्यवस्थापनलगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीका लागि केन्द्रीय सीसीएमसीसँग आग्रह गर्ने निर्णय गरेको थियो ।

कोबिड–१९ को भयावह अवस्था आउनु अघिदेखिनै नेपाली सेनाले क्वारेन्टाईनको व्यवस्थापन तथा समन्वात्मक कार्यमा नेपाली सेनाले सघाउदै आएको नंम्बर चारबाहीन अडडका बाहिनीपति समेत रहेका सहायक रथी सुरेश कुमार बानियाले जानकारी दिए । उनले विपदको घडिमा नेपाली सेनाले सबै कार्यमा आफ्नो उपस्थिति सहित सर्पोटिङ्ग कार्य गर्दै आएको उनले बताए ।

Next Post

गुल्मीका कोरोना संक्रमितको मृत्युको समाचार गलत : अस्पताल

६ जेष्ठ २०७७, मंगलवार २३:३०
सदरलाइनडटकम, बुटवल : नेपालमा कोरोना भाइरसका कारण गुल्मीका संक्रमित पुरुषको मृत्यु भएको भनि आएका समाचारहरु सत्य नभएको अस्पतालले जनाएको छ । गुल्मी जिल्लाको मदाने–६ का ४१ बर्षीय पुरुषको मृत्यु भएको समाचारहरु बाहिरिएपछि अस्पतालले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो । आधिकारिक हस्ताक्षर बिनै निकालिएको विज्ञप्तिमा मृत्युको हल्ला गलत भन्दै गम्भीर अवस्थाका विरामी […]