मोटरसाइकल चोर्ने कञ्चनपुरमा दुई जना पक्राउ

सदरलाइन संवाददाता ८ कार्तिक २०७८, सोमबार १३:१६
 

कञ्चनपुर : बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको एक शो रुमबाट मोटरसाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्का अनुसार पक्राउ आइतबार राति शुक्लाफाँटा नगरपालिका–११ का २० वर्षीय विवेक बम र शुक्लाफाँटा–१ का २१ वर्षीय पारस विष्टलाई नियन्त्रणमा लिइएको छ ।


उनीहरूले चोरी गरिएको भनिएको मोटरसाइकल परालको थुप्रोमा लुकाइराखेको अवस्थमा बरामद गरिएको छ । यसका साथै चोरी गर्नमा प्रयोग गरिएको एक थान मोटरसाइकल र एक थान स्कुटी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चोरीमा पाँच जना संलग्न रहेको बताएको छ। उनीहरुले शनिवार राति शो रुममा जोडिएको सिसिटिभी क्यामेराको तार काटेर १५० सिसीको एक र २०० सिसीको एउटा बजाज कम्पनीका मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ । चोरीमा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्तब्य ज्यान मुद्दामा फरार दुईजना पक्राउ

८ कार्तिक २०७८, सोमबार १३:१६
नेपालगञ्ज : बाँके प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके जिल्ला अदालतले कैद र जरिवाना तोकिएका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का रिसवान थारु र यज्ञ राना क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । रिसवान र यज्ञलाई जिल्ला अदालतले २०७७ माघ २६ गते जनही एक […]