बर्दियामा बस पल्टिँदा आठ घाइते

सदरलाइन संवाददाता १४ मंसिर २०८०, बिहीबार १४:१६
 

बर्दिया : बुटवलबाट धनगढी गइरहेको लु ८५७१ नम्बरको यात्रुबाहक बस बिहीबार पल्टिँदा आठ जना घाइते भएका छन । पूर्व पश्चिम राजमार्गस्थित बर्दियाको ठाकुरबाबा नगरपालिका ४ सैनावारमा बस अनियन्त्रित भइ पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


बस पल्टिँदा एक यात्रु गम्भीर भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । अन्य सात जना सामान्य उपचारपछि घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हडिया बाबा आश्रममा धार्मिक मेला शुरु, धनुष यज्ञ हुँदै

१४ मंसिर २०८०, बिहीबार १४:१६
नेपालगञ्ज : प्रत्येक वर्ष झै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला शुरु भएको छ । मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान गरिएको श्री १००८ हडिया बाबा आश्रम मेला समितिले जनाएको छ । हडिया बाबाको महिमा बारे संक्षिप्त जानकारी गराउँदै […]