सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अवैधानिक रुपमा हुने आप्रवासन नरोकेमा अमेरिकाले आफ्नो दक्षिणी सीमा आगामी हप्ता बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पको यो कदमले दुवै देशको आर्थिक अवस्था प्रभावित हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।
डोनाल्ड ट्रम्प मेक्सिको भएर अवैध रुपमा भित्रिने आप्रवासीलाई रोक्नका लागि पछिल्लो दुई वर्षदेखि मेक्सिको सीमानामा पर्खाल लगाउनुपर्ने कुरा उठाउँदै आएका छन् । पछिल्लो महिनामात्र ७६ हजारभन्दा बढी आप्रवासीहरुलाई अवैधानिक रुपमा अमेरिकामा छिरेको भन्दै हिरासतमा लिइएको थियो । यो संख्या पछिल्लो १२ वर्षको अन्तरालमा सबैभन्दा धेरै हो ।
(एजेन्सी)
