नेपाल र भुटानलाई भारतसँग झुक्नैपर्ने भारतीय सेना प्रमुखको भनाई

१ आश्विन २०७५, सोमबार १३:२७
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय सेनाका प्रमुख बिपिन रावतले नेपाल र भुटानलाई भारतसँग नझुकी सुख नरहेको बताएका छन् । भारतको पुनेमा १० सेप्टेम्बरदेखि शुरु भएको बिम्स्टेक सैन्य अभ्यासको समापनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै सेना प्रमुख रावतले यस्तो अभिव्यक्ति दिएका हुन् ।
भौगोलिक बनावटका कारण नेपाल र भुटानले भारतको विकल्प खोज्न नसक्ने बताउँदै रावतले चीनतिर ढल्कनका लागि दुवै देशलाई भौगोलिक बनावटले साथ नदिने तर्क गरेको अन्तर्राष्ट्रीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सैन्य अभ्यासमा नेपालको अनुपस्थिती र चीनसँग उसको बढ्दो झुकावबारे सोधिएको प्रश्नमा रावतले नेपालले आफूलाई भारतबाट अलग गर्न नक्ने भन्दै नेपाल र भुटान जस्ता देश स्वभाविकरुपमै भौगोलिक बनावटका कारण भारततर्फ झुकाव राख्नुपर्ने खालको रहेको बताए ।
बिम्स्टेकमार्फत छिमेकीहरूसँग सम्बन्ध सुदृढ बनाउने प्रयासमा भारत रहेको भन्दै सेना प्रमुख रावतले ठूलो देश भएका नाताले आफूहरू अग्रसर रहेको उल्लेख गरे । रावतको उक्त भनाईप्रति नेपाल र भारतका कुटनीतिक निकायले कुनै अभिव्यक्ति दिएका छैनन् ।
बिम्स्टेक सैन्य अभ्यासमा भारत, म्यानमार, भुटान, श्रीलंका र बंगालदेशका सेना सहभागी थिए भने थाइल्याण्ड र नेपालले पर्यवेक्षक पठाएको थियो । काठमाण्डौमा भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सैन्य अभ्यासमा सहभागी हुने निर्णय गरेपनि त्यसको आलोचना भएपछि नेपाल सरकारले सेनालाई सहभागी नगराएको हो ।
(एजेन्सीको सहयोगमा)

Next Post

वास्तु विद्याका ज्ञाता विश्वकर्माको सोमवार पूजा गरिँदै

१ आश्विन २०७५, सोमबार १३:२७
सदरलाइनडटकम, नेपालगञ्ज : भगवानका कालीगढ बाबा विश्वकर्माको पूजा गरि सोमवार बाँकेसहित देशभरि विश्वकर्मा दिवस मनाईंदैछ । कन्या अर्थात् आश्विन संक्रान्तिका दिन कालीगढलगायत ठुल्ठुला कलकारखानाले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रको […]

ताजा अपडेट