बाँकेमा एक वडाध्यक्षसहित १२ जनाले रोजे नेकपा (एस), एक जना एमालेमै फर्किए

सदरलाइन संवाददाता २२ भाद्र २०७८, मंगलवार १८:२१
 

नेपालगञ्ज, : बाँकेमा १२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित १२ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा सनाखत गरेको निर्वाचन कार्यालय प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालीबहादुर सिंह, कोहलपुर नगरपालिका–१२ वडा सदस्य तथा कार्यपालिका सदस्य नारायणी वली, जानकी गाउँपालिका कार्यपालिका सदस्य राजकुमार धोबीले नेकपा एस रोजेका छन् ।

यसैगरी खजुरा गाउँपालिका वडा-१ का वडा सदस्यहरु देवप्रसाद बुढा, रामबहादुर शाही, वडा नं. २ का नन्दलाल गुर्ताल, वडा नं. ६ का वडा सदस्य हजुरा बम, जानकी–२ का टिकाराम सुनार, कोहलपुर-५ का शंकर खड्का, वडा नं. ६ का फागु थारु, वडा नं. ११ हरीकला सुनार र नेपालगञ्ज–१ का वडा सदस्य डम्बर थापा रहेको नेकपा एसका जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । खड्का नेकपा एस रोज्ने पहिलो जनप्रतिनिधि हुन् ।


खजुरा–२ का नन्दलाल गुर्तालले निर्वाचन कार्यालय पुगेर सनाखत गरिसकेपछि आफूले गरेको सनाखत फिर्ता माग्दै निवेदन दिएका छन् । उनले दिएको निवेदन  निर्वाचन आयोग पठाउने र त्यो निवेदन उपर आयोगबाटै कारवाही हुने निर्वाचन कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।न्युज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा राप्ती नदी र मान नदीले बगाउदा दुई बेपत्ता

२२ भाद्र २०७८, मंगलवार १८:२१
नेपालगञ्ज :  बाँकेमा बुधबार बिहान मलामी गएका एक व्यक्ति राप्ती नदीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञ्ज–१० भृकुटी नगरका सरोज चन्द मलामी गएको बेलामा राप्ती नदीको सिद्धनियाँ घाटको राप्तीपुल नजिकै नदिमा डुबेर बेपत्ता भएका हुन् । स्थानीयको मलामी गएका चन्द बुधबार बिहान साढे […]