न्याय माग्दै नेपालगञ्जबाट गएको टोलीद्धारा मुख्यमन्त्री कार्यालयमा धर्ना

सदरलाइन संवाददाता १० आश्विन २०७८, आईतवार १६:५२
 

नेपालगञ्ज : गत १ गतेदेखि न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाण्डौसम्मको पैदल यात्रा शुरु गरेको टोली बुटवल पुगेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय अगाडि धर्ना दिन शुरु गरेका छन् ।

पीडित र अधिकारकर्मीहरुको टोलीले बाँकेमा भएका दुई वटा घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै नेपालगञ्जदेखि काठमाण्डौसम्मको पैदल यात्रा शुरु गरेका हुन् ।

गत साउन ६ गते जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गतसालदेखि नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अज्ञात अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खानलगायतले विगत १९ दिनसम्म बाँकेको जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएका थिए ।


निरन्तर धर्ना, दबाबका बाबजुद प्रहरीले घटनाबारे सत्यतथ्य छानबिन नगरेको भन्दै उनीहरुले पैदल यात्रा शुरु गर्नु परेको राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खानले बताइन् ।

महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार नारासहित पैदल यात्रामा सहभागी छन् ।

उनीहरुले बुटवलस्थित मुख्यमन्त्रीको कार्यलयमा तीन दिनदेखि ५ दिनसम्म धर्ना दिने र काठमाण्डौ पुगेपछि प्रधानमन्त्री कार्यालय, गृहमन्त्री कार्यालय र प्रहरी प्रधान कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको रुबीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेज कोहलपुरले मनायो विश्व गर्भनिरोधक दिवस

१० आश्विन २०७८, आईतवार १६:५२
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विश्व गर्भनिरोधक दिवस मनाएको छ । कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रभातफेरीको आयोजनागरी दिवस मनाएका हुन् । कोहलपुरको न्यूरोडबाट शुरु भएको र्याली एनटिभी रोड हुँदै अस्पताल परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । ‘सुरक्षित गर्भपतनको अधिकार, मौलिक हक सुनिश्चितताको आधार’ भन्ने नाराका साथ […]