२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

तक्षशिला एकेडेमीमा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न



कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीको आयोजनामा एक दिने सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न भएको छ ।

विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई बाल कविता, बाल कथा, चित्रकला, निबन्ध, गजल तथा मुक्तक लेख्न तथा बाचन गर्न सिकाउने अभिप्रायले आयोजित उक्त सिर्जनात्मक लेखन कार्यशाला गोष्ठिमा कार्यक्रमका प्रमुख अतिथी एबं प्राध्यापक डाक्टर देवी नेपालले प्रशिक्षण प्रदान गरेका थिए ।

बालबालिकाहरुलाई साहित्य सिर्जना कसरी गर्न सकिन्छ भन्ने सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास सहित प्रशिक्षित गराएका प्रा.डा. नेपालले प्रोजेक्टरका माध्यमबाट समेत बालबालिकाहरुलाई बाल कथा, कविता, निबन्ध लगायत साहित्यका अन्य बिधामा समेत सिकाई आदान प्रदान गरेका थिए ।

बिद्यालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा साहित्यकारहरु पुष्कर रिजाल, खोपिराम वलि, बिक्रम शिशिर, बिद्यालयका प्रिन्सिपल मुकुन्द्र बिक्रम शाह, बिद्यालयका शिक्षक बिद्यार्थी गरि एक सय बढिको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन छात्रा मृगाक्षी रावतले गरेकी थिईन् ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमबार
ताजा समाचार