डुडुवाका महिला स्वास्थ्य स्वयम सेविकाले माघमै पाउनु पर्ने पोषाक भत्ता जेठमा पनि पाएनन

पेस्की बुझेका उपाध्याय भन्छन असारसम्म जहिले बाँडेपनि हुन्छ

रुद्र सुवेदी १७ जेष्ठ २०८०, बुधबार १४:३६
 

डुडुवा (बाँके) :  बाँकेको डुडुवा गाउपालिकामा महिला स्वास्थ्य स्वयमसेविकाका लागि पोषाक भत्ता बितरण गर्ने रकम पेस्की लिएर पाँच महिनादेखि व्यक्तिगत रुपमा चलाएको पाईएको छ ।

गत माघ महिनामा महिला स्वयंसेवीकालाई पोषाक तथा अर्धवार्षिक समीक्षा कार्यक्रम गर्ने उदेस्यले पेस्की लिएका बाँकेको होलिया स्वास्थ्य चौकीका ईन्चार्ज समेत रहेका सिअहेव कमल उपाध्यापले पेस्की लियर बितरण नगरेको तथ्य सदरलाइन डटकमले फेला पारेको हो ।

डुडुवा गाउपालिकामा रहेका ५९ जना महिला स्वयम सेविकाको लागि पोषाक भत्ता जनही १० हजारका दरले र १ हजार प्रति महिना यातायातको लागि वितरण गर्नु पर्नेमा नगरीएको पाईएको हो ।

महिला स्वायम सेविकालाई प्रोत्साहन गर्नका लागि छुट्टयाइएको रकम पाँच महिनासम्म व्यक्तिगत राखेर रकम हिनामिना गर्दा पनि आफुहरुको पक्षमा कसैले नबोलिदिएको महिला स्वास्थ्य स्वयम सेविकाको गुनासो छ ।


चैत्र भित्रै अर्धवार्षिक समिक्षा गरि पालिकाका सबै महिला स्वयम् सेविकालाई पोषाक भत्ता बापत जनही १० हजारको दरले र मासिक १ हजारका दरले मासिक यातायात भत्ता बितरण गर्ने गरि पेस्की लिएका उपाध्ययले बितरणको चासो नै नगर रकम दुरुपयोग गरेको उनीहरुको आरोप छ ।

यसैबीच सो कार्यका लागि पेश्की बुझेका उपाध्यायलाई सदरलाइन डटकमले माघमा महिला स्वास्थ्य स्वयमसेविकालाई पोषक भत्ता, मासिक यातायात खर्चको रकम माघमा पेश्किी लिएर जेठसम्म पनि बितरण नगरेको भन्ने प्रश्नमा एक दुई दिन भित्रै वितरण गर्ने तयारी गरिएको बताए ।

उनले भने–‘केही समस्या भएकोले निर्धारित समयमा वितरण गर्न सकिएन । पेश्की जहिले लिए सिन असारसम्म जहिले पनि बितरण गरे हुन्छ । तै पनि आजैदेखि बितरण गर्न सुरु गरिएको छ ।’

समाचार तयार पार्दासम्म उपाध्यायले सबै महिला स्वयम सेविकाले सो रकम पाएको दाबी गरे पनि रकम भने महिला स्वास्थ्य स्वयम सेविकाको हातमा वा खातामा पुगेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी कोरिडोर धमाधम कालोपत्रे गरिँदै

१७ जेष्ठ २०८०, बुधबार १४:३६
जाजरकोट : भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले १६ किलोमिटरको कार्य असार मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिए । सडकको वरिपरि ढल निकास, फराकिलो […]

सम्बन्धित