भेरी कोरिडोर धमाधम कालोपत्रे गरिँदै

सदरलाइन संवाददाता १७ जेष्ठ २०८०, बुधबार १६:२६
 

जाजरकोट : भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले १६ किलोमिटरको कार्य असार मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिए । सडकको वरिपरि ढल निकास, फराकिलो बनाउने र वालको काम जारी रहेको छ । रिम्नादेखि तल्लुबगरसम्मको अर्को ४० किलोमिटर खण्डमा समेत काम जारी रहेको छ ।


आर्थिक वर्षभित्र ५६ किलोमिटर कालोपत्रे गरिसक्ने बिल्डर्सका अध्यक्ष केसीको भनाइ रहेको छ । यस खण्डमा भ्याटसहित एक अर्ब ८ करोड रुपयिाँको ठेक्का सम्झौता रहेको छ । यस सडकखण्डको बिचमा रहेका खोला तथा भेरी नदीमा पुल निर्माण समेत भइरहेको छ ।

आयोजनाका साइट इन्चार्ज बबिन बुढाथोकीले कालेगाउँदेखि रिम्ना बिचमा पर्ने घरटहराको क्षतिपूर्तिको मुआब्जामा ढिलाइ भएकाले काममा प्रभाव परेको जानकारी दिए । सडक डिभिजन चौरजहारीसँग रहेको यो सडकलाई एक महिनाअघि मात्र अलग बनाई भेरी कोरिडोर आयोजना बनाएर डोल्पाको सदरमुकाम दुनैमा कार्यालय राखेर काम भइरहेको छ । यसबिचमा रहेका पुलसमेत भेरी कोरिडोरकै मातहत आइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कानूनले रोकेको काम नकार्न सके भ्रष्टाचार आफै निमूल हुनसक्छ’

१७ जेष्ठ २०८०, बुधबार १६:२६
नेपालगञ्ज  : स्थानीय तहमा निर्वाचित भएर आउने जनप्रतिनिधिले कानूनले रोकेका कार्यलाई दुरुत्साहन गर्न सके मात्र पनि भ्रष्टाचार आफैमा निर्मूल भएर जाने नेपालगञ्जमा आयोजिक एक कार्यक्रमका सहभागिले औल्याएका छन । अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासनको लागि प्रवद्र्धन सम्बन्धी पालिकास्तरिय […]