गुणस्तरीय पेपरको नेपालगञ्जमा बिक्री शुरु

३ चैत्र २०७५, आईतवार १४:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका उत्साही युवाहरुले युरोपको लोकप्रीय फोटोकपी पेपर आइ क्यू प्रिमियम र माएस्ट्रो सुप्रिम भित्र्याएका छन् । अष्ट्रियाको मोन्डी ग्रुपले उत्पादन गर्दै आइरहेको फोटोकपी पेपरको आइतवारदेखि नेपालगञ्जमा औपचारिकरुपमा बिक्री शुभारम्भ गरिएको छ ।
विश्वकै सर्वोत्कृष्ट ननकोटेड कागज दाबी गर्ने उक्त पेपर गुजरातस्थित एक्सेल इण्टरप्राइजेजको सहकार्यमा ग्रिन एण्ड क्लिन कम्पनी प्रालिले नेपाल भित्र्याएको हो । रंगिन फोटोकपी, फोटो छपाई तथा किताब छपाईमा पेपरको प्रयोग उपयुक्त हुने प्रालिका अध्यक्ष शकील अहमद खानले बताए । प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरीय फोटो छपाई गर्न सकिने कम्पनीले जनाएको छ ।
शुभारम्भ कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझा, ग्रिन एन्ड क्लिन कम्पनीका शकील अहमद खान, प्रबन्ध निर्देशक ओमप्रकाश मिश्र, सञ्चालक किरण ढकालले कार्यक्रममा उत्पादन र बिक्रीको योजना सुनाएका थिए । मोण्डी ग्रुपका प्रतिनिधी ओझाले उक्त पेपर अन्य कम्पनीभन्दा बढी गुणस्तरीय भएको दावी गरे ।

Next Post

मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी

३ चैत्र २०७५, आईतवार १४:४२
सदरलाइनडटकम, काठमाण्डौ : सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्ग्िचत्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि मन्त्रालय […]