कोहलपुरका चार स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

सदरलाइन संवाददाता १६ बैशाख २०७९, शुक्रबार १५:०७
 

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर नगरपालिकामा काँग्रेसका उम्मेदवारका बिरुद्ध बागी उम्मेदवारी दिएका बलराम शर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीले युवाका नाममा आफुजस्ता पुराना कार्यकर्ताको भावनाको सम्बोधन नगरेको भन्दै उनले पार्टीकै उम्मेदवारको बिरुद्ध नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले आफ्नो फेशबुक वालमा लेखेका छन ‘ कोहलपुर नगरपालिकाको प्रमुख पदमा दिएको मेरो उम्मेदवारी फिर्ता लिएको छु । नेपाली काँग्रेसका उम्मदवारलाई जिताउन अनुरोध गर्दाछु ।’

उनी पार्टीको लामो समय कोहलपुर नगर समिति सभापति र हाल निर्वाचन क्षेत्र १ क का सभापति हु्न । कोहलपुर नगरपालिकाका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार शुक्रबार दिउसो साढे १ बजेसम्म कोहलपुरमा १ जना प्रमुख १ वडा अध्यक्ष र २ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन । उनीहरु सबै स्वतन्त्र उम्मेदवार बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता

१६ बैशाख २०७९, शुक्रबार १५:०७
  नेपालगञ्ज :  आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटै स्थानीय तहबाट विभिन्न पदमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ७७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । नेपालगञ्ज उपमहानगरपालिकामा १४, कोहलपुर नगरपालिकामा १६, राप्तीसोनारी गाउँपालिकामा १२, खजुरा गाउँपालिकामा १२, डुडुवा गाउँपालिकमा […]