ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी प्रहरीको नियन्त्रणमा

सदरलाइन संवाददाता ९ जेष्ठ २०८०, मंगलवार १४:२९
 

नेपालगञ्ज : सोमवार राती राप्तीसोनारी वडा न. ३ बाट ग्रभेल चोर्दै गरेको अवस्थामा प्रहरीले २ वटा टिप्पर र १ वटा जेसिभी नियन्त्रणमा लिएको छ ।

मध्यरातमा राप्ती नदीबाट उत्खन्न गरेर ग्रावेल चोरी गर्ने रा १ क १०९५, रा १ क १०९६ नम्बरको टिप्पर र भे १ प १९३८ नम्बरको जेसीभी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले जानकारी दिए ।

स्थानीय युवाहरुको सक्रियतामा पक्राउ गरिएको जानकारी दिँदै इन्चार्ज डाँगीले कारवाहीका लागि राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा पठाइने जनाए ।


स्थानीय केहि ठेकेदारहरुले अगैयादेखि लटनियासम्म निर्माण हुँदै गरेको खड्का निर्माण सेवाको साइडमा ग्राभेल बोक्न लागेको स्थानीय युवाहरुले जनाएका छन् ।

पक्राउ परेको टिप्पर र जेसीभि राप्ती सोनारी ३ सिनाबाजमा तटबन्धको काम गर्दै गरेको भाग्य लक्ष्मी मामा जेभीको रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोजगारदाता र श्रमिकबीच मर्यादित कामका लागि सहयोग गर्ने सहमति

९ जेष्ठ २०८०, मंगलवार १४:२९
नेपालगञ्ज : बाँके युनेस्को क्लबले मर्यादित र सुरक्षित वातावरणमा व्यवसाय एवं रोजगार सञ्चालनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेका रोजगारदाता र श्रमिकहरुका लागि अभिमूखिकरण कार्यक्रम गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो अभिमूखिकरण गरिएको हो । सो अभिमूखिकरणमा नगरपालिका भित्रका युवा महिलालाई रोजगारी […]

सम्बन्धित