कोरोनाबाट बाँकेमा ६ जनाको ज्यान गयो

सदरलाइन संवाददाता ४ जेष्ठ २०७८, मंगलवार १०:३०
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुर्भाकोट १३ सुर्खेतका ६८ वर्षीय पुरुष, नेपालगञ्ज १० की ६२ वर्षीया महिला, तुलसीपुर १३ दाङका ५० वर्षीय पुरुष र खजुरा २ बाँकेका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत शिवराज ५ कपिलवस्तुका ३८ वर्षीय पुरुष र मधुवन ७ वर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २४२ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १९८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा जीप दुर्घटना, दुईजनाको मृत्यु

४ जेष्ठ २०७८, मंगलवार १०:३०
दैलेख : दैलेखको दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको हो । ब्रेक फेल […]

सम्बन्धित