श्रमिक दिवसमा श्रमिकसँग कोहलपुरमा एमालेका मेयरका उम्मेदवार भुसाल

सदरलाइन संवाददाता १८ बैशाख २०७९, आईतवार १७:३३
 

 

कोहलपुर (बाँके) :  एमाले कोहलपुरले आसन्न बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन लक्षित घरदैलो कार्यक्रमलाई तीब्र बनाएको छ । एमालेका मेयर तथा उपमेयरका प्रत्यासी वडा अध्यक्ष सदस्यका उम्मेदवारहरु मतदाताका घरदैलोमा पुग्ने क्रम जारी छ ।

आइतबार मजदुर दिवसको अवसरमा एमालेबाट कोहलपुर नगरपालिकामा मेयरका उम्मेदवार खिलप्रसाद भुसालले १३६औं अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदंै कोहलपुरमा यत्रतत्र रहेका इ–अटो रिक्साको व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

उनले अटो रिक्साको लागि निश्चित पार्क र विश्रामस्थलको व्यवस्था गर्न नसक्दा दुर्घटना निम्त्याईरहेको, आजसम्म पनि त्यसको पुर्ण रुपमा व्यवस्थापन हुन नसकेको तर, व्यवस्थापनको पहल स्थानीय सरकारले सुरु गरिरहेको कामलाई आफू निर्वाचित भैइसकेपछी ती कामलाई निरन्तरता दिने बताए ।


उनले कोहलपुर नगरपालिका भित्र दर्ता भएका अटो व्यवसायीलाई रुट अनुसारले चलाउन अटो चालकको लागि अस्थायी लाइसेन्स भए पनि उपलब्ध गराउन पहल गर्ने र अटो रिक्साबाट हुने दुर्घटना न्यूनीकरणको लागि अटोरिक्सा बिमित र चालकको जीवन बिमाको लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अटो व्यवसायी र अटो संचालक अनि संगठनका भित्र हुने समस्यालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकामा सकारात्मक परिणाम र सकारात्मक कामको लागि तपाईं सम्पूर्ण मजदुरको पुर्ण रुपमा सहयोगको अपेक्षा रहेको बताए ।

पछिल्लो समय कोहलपुर नगरपालिकामा बढी सन्चालनमा ल्याईएको छिटोछरितो र सर्वसुलभ यातायात साधनको माध्यम भएको अटो र ई–अटो रिक्साको व्यवस्थापन राम्रो हुन नसकेको गुनासो इ–अटो रिक्सा मजदुर संगठनको रहदै आएको छ ।

सो संगठनका अध्यक्ष बिनोद थापाले श्रमिक मजदुरसँग प्रत्येक्ष जोडिएको अटो व्यवसायलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा अटो चालकले एकदमै दुख पाइरहेको गुनासो गरेका थिए । श्रमिक दिवसको अवसरमा आइतबार श्रमिक मजदुरसँग नेकपा एमालेका मेयर पदका उम्मेदवार भुसाल र उपमेयर पदकी उम्मेदवार अस्मिता थारुसँग गरिएको परिचयात्मक कार्यक्रममा इ–अटो रिक्सा मजदुरका मात्र समस्या नराखी सम्पूर्ण मजदुरका समस्या समाधानबारे ध्यानआकर्षण गराएका हुन् ।

उनले पहिले ई–अटो रिक्सालाई कुनै पनि कागजात नचाहिने भनेर धमाधम संचालनमा ल्याइएको र अहिले इ–अटो रिक्सा चालकलाई सवारी अनुमती पत्र लगायत अन्य विभिन्न सिफारिस चाहिने हुदा सिफारिस लिन जाँदा पालिकाका कर्मचारीले दुख दिने अनि सवारी चालक अनुमती पत्र लिन पनि धेरैलाई असहज भएको भन्दै यी सबै समस्या समाधानको लागि पहल गरिदिन उनले आग्रह गरेका थिए । फोटो : मिसनटुडेबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

१८ बैशाख २०७९, आईतवार १७:३३
डोटी : डोटीको शिखर नगरपालिका–१ गरेपानी नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । साथै एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार से१त ९२६४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१ बस्ने ३४ वर्षीया प्रेमकुमार कठरियाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, गम्भीर घाइते हुनेमा […]